१८ असार, सल्यान
सल्यानको बागचौर नगरपालिकाले वडा नं.५ का किसान लाई कागती र टिमुरका बिरुवा बितरण गरेको छ ।
आ.व.०७७/०७८ को कार्यक्रम अनुसार बागचौर नगरपालिकाले वडा नं.५ का करिव ५ सय घरधुरी किसानहरुलाई कागती र टिमुरका बिरुवा बितरण गरेको बागचौर नगरपालिकाले जनाएको छ । शुक्रवार किसानलाई बिरुवा वितरण गर्दै बागचौर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विक्रम रावतले वडा न ५ को भुभाग टिमुर र कागती खेतिको लागि उचित भएको बताएका छन् । उनिले किसानलाई बिरुवा संरक्षण गरि फाइदा लिन समेत आग्रह गरेका हुन ।
अध्यक्ष रावतले किसान लाई निशुल्क रुपमा बिरुवा बितरण गर्नको लागि अनुदान दिएकोमा बागचौर नगरपालिका लाई धन्यवाद दिएका थिय । कार्यक्रममा बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी,सामाजिक बिकास शाखा प्रमुख डिल्ली घर्ती, ने.क.पा.माओवादीका कर्णाली प्रदेश कमिटी सदस्य कृति बहादुर पुन, वडा सदस्यहरू नेत्र बहादुर दमाई, लक्ष्मी सुनार लगायतको उपस्थिति रहेको थियो । वडा नं.५ का किसानलाई निशुल्क रुपमा प्रतिघर ४० वटा टिमुर र कागतीका बिरुवा बितरण गरिएको हो ।