सल्यानका एक मृगौला पिडितको लागि कमन युुथ ग्रुुप द्वारा एक लाख बढि सहयोग

१८ असार

दुवै मृगौलामा समस्या आई उपचाररत शारदा नगरपालिका १ चैबाङ निवासी चित्र रेउलेलाई शारदा नगरपालिका १ मा रहेको Common youth group ले पुन आर्थिक सहयोग गरेको छ ।
शारदा नगरपालिका वडा न १ का वडा अध्यक्ष नवराज बुढाथोकी र वडा सचिव भिम ब घर्तिको उपस्थितिमा रु १०१ ६९८ सहयोग हस्तान्तरण गरियको छ ।
विरामीलाई बचाउन सहयोग संकलन गरियको अभियान्ता खेमराज बोहराले जानकारी दिए।

अभियान्ता विनोद चलाउनेले सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन् ।

विरामीलाइ उपचारका लागि ठुलो रकम आवश्यक रहेकाले सहयोग संकलन कार्य जारी रहेको अभियान्ता भिम ब खडकाले जानकारी दिए ।

शा न पा १ का वडा अध्यक्ष नवराज बुढाथोकीले सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिदै विरामिको आर्थिक अबस्था कमजोर भयकाले सहयोग गर्न ईच्छा भयका सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन ।

अभियान्ता महेन्द्र बस्नेतले यश अघि पनि common youth group ले विरामी रेउलेलाई रु १७०८१३ सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस