सल्यानको बागचौर नगरपालिकाको आइशोलेसन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

१८ असार २०७८

सल्यानको बागचौर नगरपालिकाको आइसोलेसन केन्द्रमा मिनि अक्सिजन पलान्ट जडान गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र बाट आएको प्राविधिक टोलीले मिनि अक्सिजन पलान्ट जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो । बिहिवार मिनि अक्सिजन प्लान्टको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महाबिर पुन लगाएतको टिमलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमण भएका बिरामीको उपचारमा उक्त अक्सिजन प्लान्टले धेरै सहजता थप्ने बताउदै नगर प्रमुख बुढाथोकीले जनताको स्वास्थ्यमा अर्को सहजता थपिएको बताएक छन् । नगरप्रमुख बुढाथोकी,उपप्रमुख कल्पना पुन लगाएत नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रबाट आएको प्राबिधिक टोलीलाई सम्मान सहित बिदाइ गरेका छन् ।

उनिले उक्त कार्यमा सहजीकरण गर्ने भरत डिसी ” शिशिर” लाई बिशेष धन्यवाद व्यक्त गरेका थिय । अक्सिजन पलान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने जडानमा संलग्न प्राबिधिक टोलीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस