बागचौर नगरपालिकाले ५५ घर दलित परिवारलाई सोलार सेट बितरण गर्‍यो

१५ असार २०७८

सल्यानको बागचौर नगरपालिकाले वडा नं.४ का विभिन्न दलित बस्तीहरुमा सोलार सिस्टम बितरण गरेको छ ।

बागचौर नगरपालिका वडा नं.४ को दलित बस्ती अन्तर्गत सेतीगुँरास,सिमखोली र लौराबाङका ५५ घर दलित परिवारलाई २० वाटका सोलार सिस्टम बितरण गरिएको हो । मंगलवार सोलार सिस्टम बितरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले वडा नं.४का दलित परिवार लाई उज्यालोको लागी सहज होस भनेर आफुहरुले सोलार सिस्टम बितरण गरेको बताए । बिधुत बिस्तार नभएको ठाउँमा सौर्य उर्जा अन्तर्गत सोलारको प्रयोग प्रभावकारी हुने भएकाले नगरपालिकाले सोलार सिस्टम बितरण गरेको बताएका छन् । नगरप्रमुख बुढाथोकीले कोभिड -१९ का कारण केही समय अगाडि ज्यान गुमाउन पुगेका सेतीगुँरासका प्रकाश बिक प्रती श्रद्धाञ्जली व्यक्त गरेका थिय ।उनले उक्त क्षेत्रका दलितहरुका हकहितका लागि सधै लागी पर्ने ब्यक्तिको निधनले आफुलाई समेत दुखी तुल्याएको बताएका हुन ।

बागचौर नगरपालिकाको शसर्त अनुदानमा उक्त सोलार बितरण गरिएको बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले बताइन् । आगामी दिनहरुमा पनि नगरका अन्य दलित तथा गरिव र बिधुत बिस्तार हुन बाट पिछडिएका बस्तीहरुमा सोलार सिस्टम बितरण गरिने उपप्रमुख पुनले बताइन ।

उक्त कार्यक्रममा बागचौर नगरपालिका वडा नं.४का वडा अध्यक्ष प्रेम बहादुर पुन, कार्यपालिका सदस्य लाल बहादुर बिक, सदस्यहरु तुल्सि राम घर्ती , कृष्ण बस्नेत, जयमता सुनार, बिन्दु पुन लगाएत बागचौर नगरपालिकाका योजना शाखा प्रमुख पुर्णबहादुर वली, सामाजिक शाखा प्रमुख डिल्ली घर्ती लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस