आ.व. २०७८/०७९ को लागि शारदा नगरपालिकाको निती तथा कार्यक्रम सार्वजनिक

१असार, सल्यान
सल्यानको शारदा नगरपालिकाले नवौं नगर सभा बाट आफ्न नीति तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित गरेको छ । बिहिवार सल्यान खलंगामा भएको नगर सभामा शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारिले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिय ।कार्यक्रम लाई सभाले सर्वसम्मत रुपले परित गरेको शारदा नगरपालिका सल्यानले जानकारी दिएको छ ।
शारदा नगरपालिका सल्यानले आगामी आर्थिक बर्षका लागी स्वास्थ्य,शिक्षा,कृषि,भौतिक पुर्वाधार निर्माण, पर्यटन क्षेत्रको बिकाश र सामाजिक सुरक्षा लाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सार्वजनिक गरेको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले बताए ।
उनले नगरले कोभिड- १९ र जनस्वास्थ्यको क्षेत्रमा कामगर्ने,शिक्षा क्षेत्रको भौतिक बिकाश ,कृषिको सवलिकरण,बनबातावरण,सहकारी र उधमशिलता, पुर्वाधार निर्माणमा रहेर नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको बताए । साथै सन्चार क्षेत्रको सवलिकरण,पर्यटन धार्मिक क्षेत्रको प्रवर्द्धन, पशुपालनका क्षेत्रमा ब्यवसायी करणमा पनि जोड दिएको बताए । शारदा नगरपालिकाले केही दिन भित्रमै बजेट सार्वजनिक गर्ने प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस