त्रिवेणी गाउँपालिका सल्यानले गर्‍यो आ।ब २०७८र०७९ का नीति तथा कार्यक्रमहरु सार्वजनिक

त्रिवेणी गाउँपालिकाले सल्यानले गर्‍यो आ।ब २०७८र०७९ का नीति तथा कार्यक्रमहरु सार्वजनिक

११ असार, सल्यान

 

सल्यानको त्रिबेणी गाउँपाउपालिकाले आर्थिक बर्ष २०७८र०७९ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बिहिवार भएको त्रिबेणी गाउँपालिकाको नवौं गाउँसभा बाट उक्त निति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

त्रिवेणी गाउँपालिकाले जनताका भावना र आवश्यकताको पहिचान गरि समृद्ध त्रिवेणी नाम निर्माणको जग बसाउदै,त्रिवेणी वासीको जिवनस्तर माथी उठाउन र जनताको चाहानालाई सार्थक त्युल्याउन गरिएको गाउँ सभा बाट गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले गत आर्थिक बर्षका नीति तथा कार्यक्रमहरुको समिक्षा गर्द्वै नयाँ नीति तथा कार्यक्रमको सार्वजनिक गरेका हुन ।डाँगीले सडक संजालको स्तरबृद्वी,बिधुतिकरण,खानेपानी लगाएतका भौतिक पुर्वाधारका केही कामहरु सम्पन्न गरिएको र केही क्रमगत रुपमा गाउँपालिकाले गर्द्वै आएको बताए । उनिले आगामी आर्थिक बर्षको लागी कोभिड (१९ को असर बाट सृजित आवस्यकताको पहिचान गरि,महामारी बाट नागरिकको जिवनको रक्षा,अर्थ तन्त्रको शिघ्र पुनर्स्थान,सामाजिक न्याय सहितको समृद्धि र उत्थानशिल अर्थ तन्त्रको निर्माण लाई प्राथमिकतामा राखी नीति कार्यक्रम र बजेटका प्राथमिकता निर्धारण गरिएको बताए ।

थर्कोटको काखमा शारदाको साथमा सफा हराभरा सुन्दर शान्त त्रिवेणी गाउँपालिका,सुशासन सहभागीता दिगो बिकास समृद्धि र समतामूलक समाज निर्माण हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ संचालन गरिएको गाउँसभा बाट गाउँपालिका
उपाध्यक्ष करुणा खड्काले, ४४ करोड २० लाख २४ हजार बजेट सार्वजनिक गरेकी हुन ।

त्रिवेणी गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि र पशुको ब्यवसायीकरण गरेर पाँच बर्ष भित्र आत्म निर्भर र समृद्ध गाउँपालिका निर्माण गर्ने अभियान लाई निरन्तरता दिने, उत्पादन र रोजगारीलाई प्राथामिकता दिदैँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिधुत लगाएतका अन्य पुर्वाधार बिकासलाई पनि समाबेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस