११असार २०७८ / बिमला बस्नेत
सल्यानको शिद्वकुमाख गाउँपालिकाले आ.ब २०७८/०७९ को लागी नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहिवार भएको शिद्वकुमाख गाउँपालिकाको नवौं गाउँ सभा बाट गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले नयाँ निति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन । बोहराले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागी गाउँपालिकाले ल्याएको ३२ करोड ७० लाख रुपैँया बराबरको वजेट समेत सार्वजनिक गरेकी छिन । जसमा चालु तर्फ २२ करोड ६७ लाख र पुजीँगत तर्फ १० करोड ३ लाख रुपैँया रहेको छ ।
शिद्वकुमाख गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेको छ । गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले शिक्षा क्षेत्रलाई प्राथामिकता दिदैँ एक वडा एक नमुना बिद्यालयमा मन्टेश्वरी शिक्षा सञ्चालन गरिने बताएका छन् । गाउँपालिकाका बासीको आर्थिक स्तर सुधारको लागि टिमुर र फलफूल खेतीलाई प्रर्बद्धन गरिने, बाख्रा पकेट र बेमौसमी तरकारी खेतीलाई प्राथामिकता दिइने, कोल्ड स्टोर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने,पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने चलाउनेले बताएका छन् ।
पाँच वटा वडा रहेको शिद्वकुमाख गाउँपालिकाका जनताको जिवनस्तर उठाउने र जनतामुखी योजनाहरुमा आफुहरुले बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष चलाउनेले बताए ।