असार १०, सल्यान
दस वर्षपछि सल्यानमा फर्किएका राउटे समुदायलाई कालिमाटी गाउँपालिकाले स्वागत गरेको छ ।
जिल्लाको कालिमाटि गाउँपालिका वडा नं ५, काल्चे डाँडामा आई टहरा निर्माण गर्दै गरेका राउटेहरुलाइ गाउँपालिका अध्यक्ष दानवहादुर केसी, उपाध्यक्ष शहनशिलता वली र प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर केसीले सोहि स्थानमा पुगि टहरा निर्माण कार्यमा आवश्यक सामग्री, खानेपानी पाइप केही भाँडाकुडाको बन्दोवस्ति गरिदिएका छन् ।
राउटेहरुको वासस्थानका लागि आवश्यक बन्दो वस्तिको व्यवस्थापनमा सहजिकरण गरिदिएको गाउँपालिका अध्यक्ष दानवहादुर केसीले वताए ।
आफ्नो गाउँपालिकामा थप जाति थपिएको र उनिहरु त्यहाँ रहदा सम्म आफ्नै गाउँपालिकाको नागरिक भएकोले सरकारको अनुभुति हुने गरि सेवा र सुरक्षा प्रदान गर्ने उनले बताए ।
सामाजिक सुरक्षा भत्ता वाफत प्रतिब्यक्ति ३ हजार र कर्णाली प्रदेश सरकारबाट दिएको थप २ हजार गरि जम्मा प्रति ब्यक्ति रू ५ हजार सामाजिक सुरक्षा भत्ता, प्रदेश सरकारको बाकि रकम सहित ६ हजारका दरले बितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता पाए पछि राउटेहरु खुसि वनेका छन्