सल्यानको बागचौर नगरपालिकाले भैंसी पालन कार्यक्रम संचालनमा ल्यायो

९ असार २०७८

सल्यानको बागचौर नगरपालिकाले भैंसी पालन कार्यक्रम संचालनमा ल्याएको छ ।

 

बागचौर नगरपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको साझेदारीमा, एक स्थानीय तह एक पशु सेवा बाली उत्पादन कार्यक्रम अन्तर्गत नगरको वडा नं.९ हरिपुर टोल र धामीढुगांमा ७४ लाखको लगानीमा उक्त कार्यक्रम संचालनमा ल्याएको हो । मंगलवार उक्त कार्यक्रमको उद्वघाटन गर्द्वै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले उक्त कार्यक्रमले दुग्ध उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । पछिल्लो समयमा गाउँघरमा भैंसी पाल्ने प्रचलन हराएकाले किसानलाई भैंसी पालन तर्फ आकर्षण गर्न र उत्पादन भएको दुधलाई डेरी हुँदै बजारक्षेत्र सम्म पुर्याउको लागी आफुहरुले उक्त कार्यक्रम संचालनमा ल्याएको बताए ।नगरप्रमुख बुढाथोकीले बागचौर नगरपालिकाले यस अघि नेपालमै पहिलो पटक पशुपालन क्षेत्रको जगेर्ना गर्न तथा भैँसी पालनमा थप हौसला प्रदान गर्ने उद्देश्यले भैँसीको सुत्केरी भत्ता प्रदान गर्दै आएको समेत बताए ।

यस्तै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले भैंसी पालन कार्यक्रमले नगरका किसान लाई हौसला मिल्ने बताएकी छन् । पुर्खाले गर्दै आएको भैंसी पालन आधुनिकता संगै लोपहुन थालेकाले त्यसलाई ब्यवस्थित गर्न आफुहरुले भैंसी पालन कार्यक्रम संचालनमा ल्याएको बताइन । बागचौर नगरपालिकाको २५ लाख,जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको २० लाख र श्री बगेश्वरी भैँसी पालन कार्यक्रमको २९ लाख रकम गरी जम्मा लागत ७४ लाखको लगानीम उक्त कार्यक्रम संचालन गरिएको हो ।

श्री बगेश्वरी भैँसी पालन  समुह बागचौर नगरपालिकाले उक्त कार्यक्रम सन्चालनमा ल्याएको र हाल समुहमा ४० वटा भैँसी, २ वटा प्रजनन राँगा रहेका छन् भने, ५० वटा छत सहितको भकारो निर्माण, औषधी क्याल्सियम भिटामिन ५ लि. को ५० थान , मिल्क क्यान ५ लि.को ५० थान, मिनरल बल्क र डाले घाँसका बेर्नाहरू नगरले आफुहरुलाई उपलब्ध गराएको बागेश्वरी भैंसी पालन समिति बागचौर नगरपालिका ९ का अध्यक्ष प्रेमबहादुर डाँगीले बताए ।

 

प्रतिक्रिया दिनुहोस