शारदा नदिमा अलपत्र परेकाहरुको उद्वार नेपाली सेनाले गर्‍यो

३ असार २०७८ / बिमला बस्नेत
सल्यानको शारदा नदिको बिचमा अलपत्र परेका १२ जनै स्थानीयहरुको नेपाली सेनाले सकुशल उद्वार गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विचमा अलपत्र परेकाहरुको उद्वार नेपाली सेनाले डोरीको सहायताले गरेको हो । बिहिवार बिहान शारदा नगरपालिका ६ बरला बजार नजिकै शारदा नदिको दुई हंगालो बिचमा खेत रोपाइमा पुगेका स्थानीयहरु नदिमा पानीको सतह बढे पछि अलपत्र परेका थिय ।
बिहान ७ बजे रोपाइ गर्न त्यहाँ पुगेको र एकासी पानीको सतह बढे पछि आफुहरु नदिको बिचमा करिव १० घण्टा अलपत्र परेको एक स्थानीयले बताए ।
उद्वारका लागी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि हुमागाई( खतिवडा ) शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी,नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना लगाएत सरोकारवाला निकाएहरु उक्त स्थानमा पुगेका थिय । नेपाली सेनाका उपसेनानी सहदेव गौतमको नेतित्वमा उक्त उद्वार कार्य भएको नेपाली सेना सिमखर्क सबुज गणका गणपति कन्चन बस्नेतले जानकारी दिएका छ्न ।
प्रतिक्रिया दिनुहोस