पहिरोका कारण अबरुद्ध दाङ, सल्यान सडक खण्ड बुधवार देखी सुचारु

२ असार २०७८
पहिरोका कारण अबरुद्ध भएको राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडक खण्ड आज देखी सुचारु भएको छ ।

लगातारको बर्षा पछि सल्यानको कपुरकोट गाउँपालिका ३ बसवारी भन्ने स्थानमा झरेको पहिरोका कारण मंगलबार देखी राप्ती लोकर्माग पुर्ण रुपमा अबरुद्ध भएको थियो ।लामो समयको प्रयास पछि बुधबार दिउसो देखी उक्त सडक खण्ड पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।सल्यान प्रहरी प्रमुख प्रहरी नायय उपरिक्षक गोबिन्द थापाले पहिरो हटाएपछि बुधवार दिउसो बाट सडक सचारु भएको जानकारी गराएका छन् ।

थापाले जिल्लामा बर्षा निरन्तर रुपमा भैरहे पनि आज कुनै क्षति नभएको र केही ग्रामिण सडकहरु भने अबरुद्ध भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस