३० जेष्ठ २०७८
अमेरिकामा बस्ने युवाहरुले रुकुम पश्चिमका तीन स्थानीय तह हरुलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री खरिदको लागी आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको आठबिसकोट नगरपालिका,बाँफिकोट गाउँपालिका र सानोभेरी गाउँपालिकालाई उक्त स्वास्थ्य तथा खाद्यान्न सामाग्री खरिद गर्नको लागी आर्थिक सहयोग गरेका हुन् । कोभिड – १९ को दोस्रो रुपले रुकुम जिल्लालाई पनि प्रभावित पारेका कारण त्यहाँका जनताको उपचार तथा जिविको पार्जण गर्न केही हद सम्म सहजहोस भनेर,आफुहरुले स्वास्थ्य तथा खाद्यान्न सामाग्री खरिद गर्नको लागी स्थानीय तह हरुलाई आर्थिक रकम सहयोग गरेको, नेपाली काङ्ग्रेस रुकुम क्यालिफोर्निया जनसम्पर्क समिति अमेरीकाका सभापति बिनोद पुनले बताएका छन् ।
रुकुम क्यालिफोर्निया जनसम्पर्क समितिले केही साता अगाडि संचालन गरेको,कोरोना नियन्त्रण अभियानमा अमेरिकामा बस्ने रुकुम जिल्लाका युवाहरु बाट करिव ६ लाख २० हजार नगद रकम जम्मा भएको र उक्त रकमको स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्री खरिद गर्नको लागी, रुकुम पश्चिमका तीन वटा स्थानीय तह हरुलाई हस्तान्तरण गरिएको सभापति पुनले बताए ।उनले अझै पनि अफ्ट्यारो परिस्थितिमा जिल्ला बासीलाई सहयोग गर्न आफुहरु लागि पर्ने जानकारी दिएका छन् ।
उक्त ६ लाख २० हजार रकम बाट खरिद गरिएको एन्टिजेन कीट,सर्जिकल मास्क,भिटामिन सि,पिपिइ सेट,अक्सोमिटर,डिजिटल थर्मल, लगाएत अन्य स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्री तीन वटै स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको उनिहरुको भनाई छ । यस्तै उक्त अभियान लाई नेपाली काङ्ग्रेस रुकुमका नेताहरु जेके बाठामगर,गोरख बहादुर चन्द,हरिचन्द्र खनाल,तारक केसी, चन्द्रा कुसारी ,हर्क सिंह खत्री,उपेन्द्र मल्ल,खम्बु मल्ल ,नरबहादुर चन्द,दिपक कुसारी लगाएतले सहजीकरण गरेका थिय ।