थारमारेको एक लघु बित्तीय संस्थाले गर्‍यो कोभिड अस्पताल लाई स्वास्थ्य सामाग्री सहयोग

२५ जेष्ठ २०७८ / बिमला बस्नेत

 

बिजय लघुबित्त बित्तीय संस्था थारमारे शाखाले बागचौर नगरपालिकाले संचालनमा ल्याएको कोभिड आइशोलेसन केन्द्र लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

 

मङ्गलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै बिजय लघुबित्त बित्तीय संस्था थारमारे शाखाका प्रमुख रुद्र बहादुर बिश्वकर्माले कोरोना भाइरसका बिरामीको उपचार तथा कोरोना भाइरस रोकथामका लागि बागचौर नगरपालिकाले गरेको सराहनीय कार्यलाई टेवा पुगोस् भनी आफुहरुले स्वास्थ्य सामाग्री सहयोग गरेको बताएका छन् ।उनले नगरबासीको स्वास्थ्य लाई ध्यानमा राखी नगरपालिकाले संचालनमा ल्याएको आइशोलेसन केन्द्रले जनतामा सहजता थपेको बताए ।

यस्तै आफुहरुले संचालनमा ल्याएको कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने बिजय लघु बित्तीय संस्थालाई बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले धन्यवाद दिएका थिय ।उनिले जनताको समाजिक कार्यमा संघ संस्थाले सहयोग गर्नु सकारात्मक पक्ष भएको बताए ।

 

कोभिड -१९ बागचौर आइशोलेसन केन्द्रलाई आफुहरुले ५ लिटर सेनिटाइजर , ५ सय पिस सर्जिकल मास्क,२ थान अक्सोमिटर र २ सय पिस सर्जीकल ग्वलोप्स नगरप्रमुख लोकमान बुढाथोकी र उप प्रमुख कल्पना पुन लाई हस्तान्तरण गरेको बिजय लघुबित्त बित्तीय संस्था थारमारे शाखाका सहायक सहजकर्ता हरिभक्त भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस