बागचौर नगरपालिकाले सबै वडामै पुगेर कोरोना एन्टिजिन परिक्षण गर्‍यो

१९ गते २०७८ / बिमला बस्नेत

सल्यानको बागचौर नगरपालिकाले नगरका १२ वटै वडामा कोरोनाको एन्टिजिन परिक्षण गरेको छ ।

 

कोभिड-१९ कोरोना भाइरसको दोस्रो रुप समुदाय स्तर सम्म फैलिएकाले संक्रमीत बिरामीको पहिचान गरि उपचारमा सहजता ल्याउन,कोरोना भाइरसलाई रोकथाम गर्न र स्वस्थ रहने जनताको अधिकारलाई सुरक्षीत राख्ने उधेश्यका साथ उक्त कार्य गरिएको बागचौर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका १२ वटै वडामा ३ सय ६४ जनाको कोरोना एन्टिजिन परिक्षण गरिएको र ६४ जनामा कोरोना पोजेटिभ देखिएको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बताए । आफुहरुले सम्पुर्ण वडाहरुमा स्वास्थ्यकर्मी पठाएर कोभिड -१९ को लक्षण देखीएका र कोरोना लागेको शंका भएका ब्यक्तिहरुको एन्टिजिन परिक्षण गरिएको र कोरोना पोजिटिभ देखिएका ब्यक्तिहरुको अवस्था सामान्य रहेकाले उनिहरुलाई अहिले होम आइशोलेशनमा बस्न सल्लाह दिएको उनिले बताएका छन् ।

नगर प्रमुख बुढाथोकीले अहिले बागचौर नगरपालिकाले आफ्नै भवनमा अक्सिजन सहित २५ शैयाको कोरोना आइशोलेसन निर्माण गरेर नगर भित्रका कोरोनाका बिरामीहरुको उपचार गरि रहेको बताए । उनिले यति बेला जनताले सरकारको आशा, भरोसा मान्ने समय भएकाले आफ्नो नगरका जनताको स्वास्थ्यमा ख्याल राख्नु आफु लगाएत नगरको प्रमुख दायित्व रहेकाले त्यस तर्फ केन्द्रित रहेको बताए । बुढाथोकीले वडामा कोरोना परिक्षण गराउन नसकेका नगरबासीलाई नगरको आइशोलेसनमा आएर परिक्षण गराउन समेत आग्रह गरेका छन् ।

यस्तै बागचौर नगरपालिकाले संचालनमा ल्याएको कोरोना आइशोलेशन केन्द्रमा पछिल्लो समयमा १४ जना कोरोनाका बिरामीहरुको उपचार भैरहेको बागचौर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठायतले बताए । हाल सम्म बागचौर नगरपालिकामा ४ सय ७७ जनाले कोरोना परिक्षण गराएका र १ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको,९९ सय बर्षिया १ बृद्वा महिला सहित, १ सय ३ जना निको भएर घर फर्किसकेको र ८ जनालाई रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख कठायतले जानकारी दिएका हुन् ।

३८ थान ठुला अक्सिजन सिलिन्डर,६ थान अक्सिजन कन्सन्ट्रेटर रहेको २५ शैयाको आइशोलेसन केन्द्र बागाचौरमा डा.जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गरिरहेको जनस्वास्थ्य निरीक्षक हिमाल भण्डारीले बताए,उनिलेआइशोलेसन केन्द्रमा ३ जना गाडी चालक र ५ जना कार्यालय सहयोगीहरू रहेको जानकारी दिए ।

बागचौर नगरपालिकाले आइशोलेसन केन्द्र र नगरका १२ वटै वडामा गरेको कोरोना एन्टिजिन परिक्षणको बिवरण ।

आइशोलेसन      केन्द्रमा – १ सय १३ जनाको परीक्षण, जनाको ६० जनाको नेगेटिभ, ५३ जनाको पोजेटिभ

नम्बर १ र २ को जनकल्याण क्याम्पसमा गरिएको परीक्षणमा : ५२ जनाको परीक्षण, ४४ जनाको नेगेटिभ, ८ जनाको पोजेटिभ

वडा नम्बर ३ – १५ जनाको परीक्षण, सबैको नेगेटिभ

वडा नम्बर ४ – १६ जनाको परीक्षण, १२ जनाको नेगेटिभ, ४ जनाको पोजेटिभ

वडा नम्बर ५ – २७ जनाको परीक्षण, १९ जनाको नेगेटिभ, ८ जनाको पोजेटिभ,

वडा नम्बर ६ – १७ जनाको परीक्षण, ९ जना नेगेटिभ, ८ जना पोजेटिभ

वडा नम्बर ७ – ३० जनाको परीक्षण, २४ जना नेगेटिभ, ६ जना पोजेटिभ

वडा नम्बर ८ – ६७ जनाको परीक्षण, ६२ जना नेगेटिभ, ५ जना पोजेटिभ

वडा नम्बर ९ – ३३ जनाको परीक्षण, २१ जनाको नेगेटिभ, १२ जनाको पोजेटिभ

वडा नम्बर १० – ३५ जनाको परीक्षण, ३३ जनाको नेगेटिभ, २ जनाको पोजेटिभ

वडा नम्बर ११ – १८ जनाको परीक्षण, ११ जनाको नेगेटिभ, ७ जनाको पोजेटिभ

वडा नम्बर १२ – ५४ जनाको परीक्षण, ५० जनाको नेगेटिभ

प्रतिक्रिया दिनुहोस