अक्सिजन सिलिन्डर रिफिल गर्न सहयोग गर्दै लायन्स क्लब देउखुरी

१४ जेष्ठ २०७८

लायन्स क्लब देउखुरी दाङले जिल्लाका दुई वटा कोभिड अस्पताल लाई अक्सिजन सिलिन्डर रिफिल गरेर सहयोग गरेको छ ।

 

 

हामी सेवा गर्छौ” भन्ने मुल नाराका साथ देउखुरी दाङले गठन गरेको लायन्स क्लवले आफ्ना सदस्य तथा मनकारी दाताहरु संग सहयोग संकलन गरि जम्मा भएको रकमले लमहीको रातोडाडा स्थित अस्थायी कोभिड अस्पताललाई २० थान अक्सिजन सीलिन्डर रिफिल गरेर सहयोग गरेको छ ।शुक्रबार लमही नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बीम बहादुर के सीको विशेष उपस्थितिमा लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाई उक्त रिफिल गरिएका सिलिन्डर हस्तान्तरण गरिएको हो ।

यस्तै लायन्स क्लबले देउखुरीले नै सिसहनिया स्थित कोरोना बिशेष अस्पताललाई ८ वटा आक्सीजन सीलिन्डर रिफिल गरी सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावतकोले शुक्रबारनै अस्पतालका चिकित्सक लाई रिफिल गरिएका ८ वटा अक्सिजन सिलिन्डर हस्तारण गरेका हुन । कोरोना भाईरस महामारीका कारण विश्व जगतका साथै नेपाल पनिआक्रन्त भइरहेको र अक्सिजनको अभावमा बिरामीको पचारमा गार्हो र बिरामीले ज्यान गुमाई रहेको अवस्थामा आफुहरुले संचालन गरेको अभियान लाई सहयोग पुर्याउने सबैमा लायन्स क्लब देउखुरी दाङका अध्यक्ष रेशम बहादुर खड्काले धन्यवाद दिएका थिय ।खड्काले आगामी दिनहरुमा आफुहरु यस्ता खाले अभियान संचालनमा ल्याउने बताए ।

अक्सिजन सिलिन्डर रिफिल गर्न लाई देउखुरी घर भै हाल काठमाण्डौ बस्दै आएका निस्राउ परिवारले १० हजार, लमहीका गणेश कुमार चौधरीले ५ हजार, भैरहवाकी कमला श्रेष्ठ ५ हजार, अर्जुन हार्डवयर लमहीका संचालक खुबी राम बेलवासे ५ हजार, लमही हार्डवयरका संचालक बिष्णु बेलवासे ५ हजार, शुभारम्भ डेकोर लमही केशव शर्मा र दिपक शर्मा २ हजार ५ सय,सागर मरासिनी , प्रकाश बि सी, ज्ञानु के सी र दिपक के सी ले संयुक्त रुपमा ३२ हजार ५ सय रकम सहयोग गरेका थिय । अभियान लायन्स क्लब देउखुरीका अध्यक्ष रेशम बहादुर खड्का, तृतीय उपाधक्ष्य सबि अधिकारी सचिव टेक बहादुर चौधरी लगाएतको बिशेष पहलमा संचालन गरिएको क्लबका सदस्य शालिकराम गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस