स्वर्गीय बुवाको सम्झनामा आइसोलेशन केन्द्रलाई छोराले दिए अक्सिजन कन्सन्ट्रेटर

१० जेष्ठ २०७८

सल्यानमा आफ्ना स्वर्गीय बुवाको सम्झनामा एक आइसोलेशन केन्द्रलाई छोराले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.२ बागचौर बजारका   निरज केसीले आफ्ना स्वर्गीय बुवा धनिराम केसीको सम्झनामा बागचौर नगरपालिकाले संचालनमा ल्याएको कोभिड -१९ को आइसोलेशन केन्द्रलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन । सोमबार बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकी लाई कन्सन्ट्रेटर हस्तान्तरण गर्दै केसीले पछिल्लो समयमा कोभिड – १९ ले सिङ्गो देशलाई आक्रान्त बनाइरहेको अवस्थामा बागचौर नगरपालिका पनि त्यस बाट अछुतो रहन नसकेको बताएका छन् । नगरवासी कोरोनाको जटिल परिस्थितिमा रहेको समयमा नगरले अक्सिजन सहितको आइसोलेशन संचालनमा ल्याएर राम्रो काम गरेको बताउँदै उक्त आइसोलेशनमा आउने बिरामीको लागी  राहत होस भनेर आफुले स्वार्गीय बुवा धनिराम केसीको  को सम्झनामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताएका छन् ।

यस्तै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका धनिराम केसीको निधनले आफुहरुलाई दुखी बनाएको बताएका छन् । बागचौर नगरपालिका स्वास्थ्य शाखा संयोजक हुँदै सरकारी सेवा बाट निवृत्त लिएका स्वर्गीय केसीको परिवारले उनको सम्झनामा अक्सिजन कन्सन्ट्रेटर आइसुलेशनलाई सहयोग गरेकोमा निरज केसी लगाएत उनको परिवारलाई धन्यवाद ज्ञापन गरेका थिय ।

यस्तै बागचौर नगरपालिकामा हालसम्म १५ जना महिला पुरुषले कोरोना भाइरसबाट ज्यान गुमाइसकेको बागचौर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिवहादुर कठायतले बताएका छ्न ।उनले बागचौर नगरपालिकाले सन्चालमा ल्याएको आइसोलेशनमा अहिले ९ जना कोरोनाका बिरामीहरुको उपचार भैरहेको बताए ।आइसोलेसन संचालन ल्याए देखि ३ जनाले कोरोना जितेर घर फर्किसकेको कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस