१० जेष्ठ २०७८
जिल्ला प्रशासन कार्यालय सल्यानले मास्क नलगाएर हिडडुल गर्ने ब्यक्ति र अनुमति विना चलाएका सबै खाले सवारी साधनलाई प्रतिपटक एक सय देखी,पाँच हजार सम्म जरिवाना गर्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले सोमबार एक सूचना जारी गर्दै ,विश्वभर महामारीको रुपमा फैलिएको कोभिड‐१९ को संक्रमण नेपालमा पनि तिव्र रुपमा फैलिरहेको र त्यसलाई ध्यान दिदै सल्यानमा पनि जेठ १६ गते सम्म निषेधाज्ञा जारी गरेको अबस्थामा बिना काम मास्क नलगाई सार्वजनिक स्थानमा हिड्डुल गरेमा प्रतिव्यक्ति प्रतिपटक १०० रुपैयाँ जरीवाना गर्ने जनाएको छ । अनुमतिविना या सुरक्षा निकायलाई जानकारी नदिई २ पांग्रे सवारी साधन चलाएमा प्रत्येक पटक २ हजार र अन्य सवारी साधन चलाएमा ५ हजार जरीवाना गरीने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्धारा जारी गरिएको सुचनामा जनाइएको छ ।
यस्तै जरिवाना गरेका सवारी साधनलाई सुरक्षाकर्मीले निश्चित समयका लागी नियन्त्रणमा लिने समेत उल्लेख गरिएको छ ।