जन्म दिनको अवसरमा चलाउनेले गरे गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

९ जेष्ठ २०७८

अमेरीकामा बस्दै आएका सल्यानका एक युवाले आफ्नो जन्म दिनको अवसरमा  गाउँपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन्  ।

अमेरीकाको क्यालिफोर्निया सान्फ्रन्सिसमा बस्दै आएका सल्यान शिद्वकुमाख गाउँपालिका वडा नं.२ चाख्लीघाटका गोविन्द चलाउनेले आफ्नो जन्म दिनको अवसरमा शिद्वकुमाख गाउँपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

विश्वभर महामारीको रुपमा फैलिएको भेरियन्ट सहितको कोरोना भाईरस शिद्वकुमाख गाउँपालिकामा पनि फैलिएको र उक्त भाइरसलाई रोकथाम र संक्रमितहरुको उपचारको लागी सहयोग पुगोस् भनेर आफुले जन्म दिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी गोविन्द चलाउनेले बताए । गाउँपालिका का ६ वटै स्वास्थ्य संस्थालाई उपलब्ध गराउने भनी स्यानिटाइजर, मास्क, जिंक चक्की, भिटामिन लगायत ८० हजार बराबरको स्वास्थ्य सामाग्री आफुले गाउँपालिकालाई सहयोग गरेको उनले बताएका हुन ।

लाईन्स क्लब सल्यानले उक्त स्वास्थ्य सामाग्री शनिबार शिद्वकुमाख गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने र स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रशाद यादव लाई आफुहरुले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको लाईन्स क्लबका सदस्य मोहन वलीले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले सकारात्मक र सहयोगी कार्यको लागी गोबिन्द चलाउने लाई धन्यवाद ज्ञापन गरेका थिय । आफ्नो कर्म क्षेत्र अमेरीकामा बस्दै आएका गोबिन्द चलाउने लाइन्स क्लब सल्यानका आजिवन सदस्य र श्री शिद्व माध्यमिक बिधाल्य भडारेका पुर्व प्रधानध्यापक समेत हुन ।

प्रतिक्रिया दिनुहोस