छत्रेश्वरी गाउँपालिकाले सातै वडामा एन्टिजेन परिक्षण गर्दै

५ जेष्ठ २०७८/बिमला बस्नेत

सल्यानको छत्रेश्वरी गाउँपालिकाले बुधबारदेखि सात वटै वडामा एन्टिजेन परीक्षण गर्ने भएको भएकोछ ।

 

कोभिड रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले एन्टिजेन परिक्षण र उपचार सुरु गर्न लागेको छत्रेश्वरी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका भित्रका धेरै टोलहरुमा कोभिड १९ संक्रमणका लक्षणहरु देखिन थालेको भन्दै रोगको पहिचान, रोकथाम र नियन्त्रणका लागि परिक्षणको सुरुवात गर्न लागेको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन् । गाउँपालिकाका सात वटै वडाहरुमा मेडिकल अधिकृत डाक्टर सहित स्वास्थ्यकर्मी, औषधि र परामर्श सहित एन्टिजेन विधि द्वारा परिक्षण हुने उनले बताएका हुन ।

एन्टिजेन परिक्षणका क्रममा पोजेटिभ देखिएका लाई औषधि र परामर्श  दिईने र अलि गम्भीर भेटिएमा कोभिड अस्पताल भोटेचौरमा उपचारका लागि भर्ना गरिने डाक्टर प्रोशेष सिंहले बताए। गाउँपालिकाका अनुसार जेठ ५ गते बिहान १० बजेदेखि १ बजेसम्म वडा न १ को भानुभक्त माध्यमिक विद्यालय दमाचौर, ५ गते नै दिउँसो २ बजेदेखि ५ बजेसम्म वडा न २ को भगवती आधारभुत विद्यालय दहखोला, ६ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म वडा न ५ का महेन्द्र माध्यमिक विद्यालय पाखापानीमा परिक्षण गरिने छ। यस्तै ७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म वडा न ४ को वडा कार्यालय जयचारै र ७ गते नै दिउँसो २ बजेदेखि ५ बजेसम्म वडा न ३ को जानकी माध्यमिक विद्यालय दोहली परीक्षण गरिने कार्यालयले जनाएको छ ।

यस्तै ८ गते वडा न ७ को कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र वडा न ६ मा शोही दिन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म परीक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखाले उपप्रमुख गणेशमान डाङीले बताए। गाउँपालिलाको भोटेचौरमा रहेको आइसोलेसनमा बुधबार बिहानसम्म ११ जना कोभिड संक्रमित बिरामिहरु उपचाररत छ्न ।

 

प्रतिक्रिया दिनुहोस