५ जेष्ठ २०७८
काठमाडौंबाट रुकुम खलंगाको लागि छुटेको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी कल्पना पुन लगाएत चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रुकुम खलंगाको लागि छुटेको कमलताल यातायात प्रा.लिको ना ५ ख २७१३ नम्बरको बस बुधवार बिहान नवलपरासी पश्चिमको दाउन्ने जंगलको खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको श’व भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।
दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्र’हरीले प’क्रा’उ गरेर अस्पताल पुर्याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।