बागचौर नगरपालिकाले आफ्नै भवनमा संचालन गर्‍यो २५ शैयाको आइसोलेशन केन्द्र

४ जेष्ठ २०७८

सल्यानको बागचौर नगरपालिकाले कोभिड १९ संक्रमितका लागी अक्सिजन सहित २५ बेडको आइसोलेसन वार्ड निर्माण संगै सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाको आफ्नै भवनमा निर्माण गरेको आइसोलेसन केन्द्रको मंगलवार उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आइसोलेसनको क्षमताले भ्याएसम्मका बिरामीहरुलाई उपचार गर्ने बताएका छन् ।नगरका जनताको उपचारको लागी सम्पुर्ण स्रोत साधनको प्रयोग गर्ने समेत बुढाथोकीले बताएका हुन ।उनले बागचौर नगरपालिकाले कोरोनाका बिरामी बोक्नको लागी एक वटा एम्बुलेन्स,एकवटा नगरको सरकारी गाडी र एक वटा भाडाको गाडी प्रयोग गर्दै आएको र त्यसले पनि नभ्याए आफू चढ्ने गाडी समेत आइसोलेसनको लागी प्रयोग गर्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले कोरोना रोकथाम,उपचार र नियन्त्रणको लागी सल्यान जिल्लाका दशवटै स्थानीय तहले सक्दो प्रयास गर्दै आएको र बागचौर नगरपालिकाले पनि आफ्नै भवनमा आइसोलेसन निर्माण गरेर नगरपालिकाको दायित्व पूरा गरेको बताइन् ।उनले कोरोना भाइरस बाट आफू पनि बचौ र अरुलाई पनि बचाउ भन्ने मान्यता राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई आफू सुरक्षीत रहन जिल्ला बासीमा अनुरोध गरेकी छिन ।कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले, आइसोलेसन सञ्चालनमा आएसँगै कोभिड १९ का बिरामीहरूलाई, नगर भित्रै उपचार गराउन सहज हुने बताइन ।आफुहरु थोरै समयमा दिनरात नभिन काम गरेर २५ बेडको आइसोलेसन वार्ड निर्माण गर्न सफल भएको र अभ प्रभावकारी सेवा दिन लागी पर्ने बताईन ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँई नेपाली सेनाका कर्नेल कन्चन कृष्ण बस्नेत, प्रहरी प्रमुख गोबिन्द थापा, सशस्त्र प्रहरी प्रमुख सन्तोष रायमाझी, राष्ट्रिय अनुसन्धान सल्यानका प्रमुख विनोद दवाडी, लगायतले आइसोलेसनको अनुगमन गरेका थिय ।कोरोनाका बिरामीलाई उपचार गर्नको लागी उक्त आइसोलेसनमा, १ जना मेडिकल अधिकृत (MBBS), ४ जना हेल्थ असिस्टेन्ट(H.A.), २ जना स्टाफ नर्स, ३ जना अनमी सहितको स्वास्थ्यकर्मीको टिम र ५ जना कार्यालय सहयोगी सहितको टोली परिचालन गरिएको बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले जानकारी दिएका छन् । आइसोलेसन सेन्टरमा ३८ वटा ठुला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर रहने समेत अधिकृत हमालले बताए उनिले अहिले ८ वटा अक्सिजन सिलिन्डर आएर उपचार सुरु गरिएको र बाकी सामान आउँदै गरेको पनि बताए ।

आइसोलेसन केन्द्रमा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले व्यक्तिगत रूपमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ४१ हजार २ सय ५० के एन नाइन्टी फाइभ मास्क र सर्जिकल माक्स उपलब्ध गराएका छन् ।यस्तै १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्ड स्ट्यान्ड समेत उपलब्ध गराएका हुन। आफ्नै स्थानीय तहमा आइसोलेसन संचालन भए संगै नगरबासीले राहतको महसुस भएको बताउदै आएका छ्न

प्रतिक्रिया दिनुहोस