स्थानीय तहको निर्वाचन भएको चार बर्ष पुगेको सन्दर्भमा गाउँपालिका अध्यक्ष निम बहादुर केसी द्वारा हस्ताक्षर गरेको चार बुद्वामा हाल सम्म गाउँपालिकाको समग्र बिकास, अवसर चुनौती र सम्भावना लाई समेटिएको छ ।
स्थानीय निर्वाचन भएर आफुहरु जनप्रतिनिधिको रुपमा पद बहाली गरि चार बर्ष पुग्दा सम्म गाउँपालिकाको समग्र उपलब्धि,सम्भावना र गाउँपालिकाको अवस्थालाई समेत उक्त चार बुदामा उल्लेख गरिएको छ ।जस अनुसार बुदा नम्बर १ मा लेखिएको छ दीगो,समाबेशी र तिब्र बिकासको लक्ष्य सहित पुर्वाधार बिकास तथा मानव संसाधन बिकासको बलियो र दृर्घकालिन आधारस्तम्भ निर्माण गरिएको बारे ।यस्तै बुदा नम्बर २ मा गाउँपालिकाको पहिलो बर्षको अवस्थालाई उल्लेख गरिएको छ ।जस अनुसार पहिलो बर्ष विभिन्न चरण र तहका निर्वाचन /निर्वाचन आचारसंहिता तथा अनुभव आर्जनको बर्ष संगै पदबहाली,गाउँपालिकाको कार्यालय घर भाडामा लिएर गाउँपालिकाको आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम र बजेट निर्माण संगै सरकार सञ्चालनका लागि अत्यावश्यक कानुन,प्रोफाइल,बिभिन्न संबैधानिक समिति गठन DPR.RMTMP,बातावरणीय प्रभाव मुल्यांकन,रणनीतिक योजना,गुरुयोजना सहित दृर्घकालिन आधारस्तम्भ निर्माण बर्षका रुपमा बितेको उल्लेख गरिएको छ ।
यस्तै दार्मा गाउँपालिकाले स्थानीय तह निर्वाचनको दोस्रो र तेस्रो बर्ष लाई,गाउँपालिकाको इतिहासमै तिब्र र गुणात्मक बिकासको बर्षको रुपमा लिएको छ । पहिलो बर्षको जगमा टेकेर सकारात्मक शिक्षा र समिक्षा सहित, दार्मा गाउँपालिकाको इतिहासमै तिब्र र गुणात्मक बिकासको बर्ष बनेको बताइएको छ । दोस्रो र तेस्रो बर्षमा खानेपानी,सडक बिधुतिकरण र सिचाईलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरेको बताइएको छ ।दार्मा गाउँपालिकामा उक्त २ बर्षमा १४ करोडको लगानीमा २८ वटा लिफ्ट खानेपानी र ३७ वटा अन्य खानेपानीका योजना सम्पन गरेको र केही ठुला र मझौला खानेपानीका आयोजनाहरु निर्माणाधीन रहेको बताइएको छ ।दार्मा खानेपानी आयोजनाका लागि गाउँपालिकाले गरेको डिपिआर अनुसार न्युनतम लागत अनुमान ४६ करोड ६८ लाख ५० हजार रहेकोमा अझै खानेपानीको न्युनतम आवश्यकता पुर्ति गर्न कम्तीमा करिब ३३ करोड बजेट आवश्यक रहेको र
अझै पनि गाउँपालिकाका थुप्रै बस्तिहरुमा खानेपानीको जटिल समस्या रहेको बताइएको छ ।
दार्मा गाउँपालिकामा तीन बर्षमा ७८ किलोमिटर सडक स्तरवृद्धि,२सय ३७ किलोमीटर सडक नयाँ निर्माण र मर्मत सम्भार,६ दर्जन बढी सडक बिना मापदण्ड र सडक गुरुयोजना जथाभावी खनेर बस्ती र जङ्गल उजाड पारिएका नाम मात्रका सडकहरुलाई मापदण्ड अनुसार आवश्यकता पहिचान गरि स्तरिकरण र श्रेणीकरण गरिएको छ भने ।चौथो बर्षमा थप करिब ३० किलोमीटर सडक स्तरवृद्धि / नयाँ निर्माण तथा करिब १ सय ४६ किलोमीटर सडकको मर्मत सम्भार गरिएको र यसै बर्ष थारमारे,मौलोहाले,फारुला र बाङेलाखुरी सेताडाडा फारुला सडक कालोपत्रे गर्न सम्झौता भएको,दार्मा खोलाको पक्की सडक पुल निर्माणको अन्तिम चरणमा पुगेको र रोजगार आयोजना अन्तर्गत दर्जन बढी कृषि र पर्यटन सडक निर्माण गरिएको बताएको छ ।
बर्षौ देखि अध्यारोमा रहेको दार्मालाई उज्यालो युगमा लैजान पालिकाको सिमाना बाट २१ किलो मिटर टाढा रहेको बिधुत लाइनलाई सिमाना सम्म ल्याउन करिब २ करोड बजेटमा डेढ बर्ष लागेको र बाकी अढाई बर्षमा पालिकाको केन्द्र हुँदै ६ वटै वडाका केन्द्र,स्वास्थ्यचौकी,माध्यमिक बिधालय लगाएत पालिकाको ६० प्रतिशत क्षेत्रमा ५ करोड बढी खर्च गरेर मुख्य लाईन बिस्तार गरिसकिएको र २० प्रतिशत शाखा लाईन समेत बितरण गरि सकिएको उल्लेख गरिएको छ ।
दार्मा गाउँपालिकाले गरेको DPR अनुसार पुर्ण बिधुतिकरणका लागी अझै ११ करोड ७६ लाख लाग्ने दिखिएको छ ।
दार्माको केन्द्र फारुलामा २०७६ कार्तिक २० गते उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले अभुतपुर्व जनसहभागिताको साथमा बिजुली बति उद्घाटन गरेर दर्माली उज्यालो युगमा प्रवेश गरेको दिन सम्झदै,बिगत १ बर्ष देखि कोभिड महामारी, लगडाउन,ठेकेदारको लापरबाही,ट्यान्डर भै सम्झौता भैसकेका योजनाको लागी कम्पनीमा पोल तार नपाएर दुई बर्ष अगाडिको बजेट पनि खर्च हुन नसक्दा यसै कार्यकालभित्र पुर्ण बिधुतिकरण गरेर उज्यालो दार्माको सपना पूरा हुने,आफ्नो लक्ष्यमा बाधा भएको उल्लेख गरिएको छ ।
दार्मा गाउँपालिका कृषिको आधुनिकीकरण,ब्यवसायीरण र उत्पादन वृद्धि दार्मा र दर्माली जनताको समृद्धिको मुख्य आधार भएको बताउदै ।त्यसका लागी सिचाइ पुर्वाधार निर्माण,प्रविधि हस्तान्तरण,कृषि अनुदान तालिम,नमुना फर्म संचालन आदि कृषि र पशुपालन क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम भएको बताइएको छ । यस्तै दार्मा गाउँपालिका लाई दुग्ध पकेट क्षेत्रका रुपमा बिकास गर्न सबै तह र साझेदार संस्था तथा सहकारी संग सहकार्य गरि काम अगाडि बढाइएको र करिव ३ करोड लगानीमा १ सय ३ वटा साना ठुला सिचाइ पुर्वाधार निर्माण भएको बताइएको छ ।
स्वास्थ्यका क्षेत्रमा गाउँपालिकामा भएका तीन वटा स्वास्थ्यचौकीको स्तरवृद्धि / ल्याव संचालन थप ३ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायिक स्वास्थ्य इकाई निर्माण र संचालन पालिकाको केन्द्रमा ९ रोपनी जग्गा प्राप्ति संगै प्रसुती भवन र कोभिड अस्थायी अस्पताल निर्माण गरेर एमबीबीएस डाक्टर सहितको सेवा संचालन गरेको / नागरिक आरोग्य केन्द्र स्थापना र संचालन पालिका अस्पतालका लागी ३३ रोपनी जग्गा प्राप्ति र १८ करोड ६ लाख लागतको १५ सैयाको पालिका अस्पताल निर्माणका लागी टेन्डर भई सम्झौता प्रक्रियामा रहेको र कोभिड महामारी नियन्त्रणका लागी प्रभावकारी कदम चालेर अघिल्लो बर्ष पुर्ण नियन्त्रणमा लिएको र यो बर्ष नियन्त्रणका लागी हर सम्भव सबै उपाय र साधन स्रोत परिचालन गरेको बताएको छ ।
यस्तै दार्मा गाउँपालिकाले शिक्षा क्षेत्रमा पुर्वाधार निर्माणका अतिरिक्त आवधिक शैक्षिक कार्ययोजना,शैक्षिक पुनसंरचना कार्यदल मार्फत बिधालय समायोजन ,दरबन्दी मिलान,स्थानीय पाठ्यक्रम निर्माण,पाठयोजनासहितका शिक्षण क्रियाकलापमा जोड,प्रविधिमैत्री सिकाइ,शिक्षालाई श्रम र उत्पादनसित जोड्ने अभ्यास भएको र खेलकुद,कला,साहित्य र संस्कृतिका क्षेत्रमा पूर्वाधार निर्माण तथा संरक्षण एवं प्रोत्साहनका लागि
जनप्रशासन,सुशासन,न्याय सम्पादन,पारदर्शिता,सुचना सम्प्रेषणका लागि स्रोत र साधन परिचालन लगाएत उल्लेखनीय कार्य भएको बताएको छ ।
यदार्मा गाउँपालिकाले अतिरिक्त टेण्डर प्रक्रियामा गइसकेको ७ करोड लागतको दार्मा गाउँपालिकाको प्रशासनिक भवन,निर्माण कार्य अन्तिम चरणमा पुगेको १ करोड ५० लाख लागतको जनज्योति नमूना मावि भवन,१ करोड ८ लाखमा निर्माण सम्पन्न भइसकेको फारुला प्रसुति भवन,विद्यालय भवनहरु,स्वास्थ्य चौकी भवनहरु,सहकारी भवनलगायतका दर्जनौं भवन संरचना निर्माण,झोलुङ्गे पुलहरु,आरसिसि पुल,संचार, वन,वातावरण,पर्यटन ,साझेदार संघसंस्थासंग सहकार्य र परिचालन,जनसहकारीलाई उच्च प्राथमिकता,आवश्यक जनशक्ति व्यवस्थापन,वलिदानको सम्मान,लक्षित समुदायलाई शसक्तिकरण र मुल प्राबिकरण,राहत र सहयोग वितरण,सामाजिक न्याय र समन्यायिक नीति,योजना,बजेट निर्माण र कार्यान्वयनमा प्रयाप्त ध्यान दिइएको बताएको छ ।
गाउँपालिकाले रोजगारी र सीपबिकासमा उल्लेख्य लगानी गरिएको छ,त्यसबाट अपेक्षित उपलब्धि र उद्यम विकासले गति लिन सकेको छैन,उत्पादनलाई उद्यम र सहज बजारिकरण अबको अावश्यकता रहेको बताइएको छ भने,
रोजगार सिर्जनाका लागि हरप्रयास र लगानी गरिएको छ। पहिलो वर्ष बाहेक बाँकी ३ वर्षमा तीनवटै तहका सरकारमार्फत करिब १५ करोडको स्वरोजगार कार्यक्रम सिर्जना गरेर विभिन्न आयोजनाहरुमा करिब २ हजार सुचिकृत बेरोजगार परिचालन भई बिकास निर्माण र जनताको प्रत्यक्ष अाम्दानी भएको छ।अघिल्लो वर्ष सुचिकृत ४ हजार ५सय ५१ मा यो वर्ष थप भई ६हजार २ सय २४ जना बेरोजगार सुचिकृत भएको बताइएको छ ।गाउँपालिका अध्यक्षले स्थानीय तहबाट मात्रै बिकास र रोजगारको भोकलाई मेटाउन कठिन भएको भन्दै सबै तहका सरकारसंग सहकार्य गर्दै बाँकी रहेको समय समग्र विकासका लागि बेतित गर्ने बताएका छ्न ।
उनिले तेस्रो वर्षको उत्तरार्धमा शुरु भएको कोभिड महामारी र त्यसको लगत्तै आएको विडम्बनापूर्ण राजनीतिक अस्थिरताले विकासको गतिमा समेत ठुलो धक्का पुर्याएको महसुस भएको बताएका छ्न ।महामारी र राजनीतिक अन्यौलता,अकर्मण्यता,अस्थिरताले सबैलाई नराम्ररी गाँजेको छ भन्दै अध्यक्ष केसीले,बिकासका लागि तनावमुक्त वातावरण र राणा वा पंचायत नै भए पनि राजनीतिक स्थिरता र दूररदृष्टिकोण चाहिने बताएका छ्न ।
उनिले जहाँ छौं त्यही बाट ,सकारात्मक परिवर्तनका लागि आफ्नो योगदान सिद्ध गर्न निर्देश दिएका छ्न भने,दीगो र समावेशी विकासका लागि योजनाबद्ध प्रणालीमा अगाडि बढ्न अनुरोध गरेका छ्न । केसीले अहिलेलाई वाद होइन बिकास गरौं र राजनीतिक स्थिरता र दूरदृष्टिका साथ अघि बढौं भन्दै सबै दर्माली जनता,जनप्रतिनिधि र कर्मचारी,जिल्ला समन्वय ,प्रदेश र संघीय सरकारका जनप्रतिनिधि,नेतागण,सहयोगी संस्थाहरु, सवैमा धन्यवादका साथ शुभेच्छा सहित आभार प्रकट गरेका छन् ।