३ जेष्ठ २०७८/ बिमला बस्नेत
सल्यानको छत्रेश्वरि गाउँपालिकाले ३० थान अक्सिजन सिलिन्डर थप गरेको छ ।
महामारीको रुपमा कोरोना भाइरस आफ्नो पालिकाभित्र फैलिएको र उपचार गर्न अक्सिजन चाहिने भएको हुदा कोभिड अस्पतालका लागि ३० थान अक्सिजन सिलिन्डर ल्याइएको छत्रेश्वरी गाउँपालिकाले बताएको छ । कोरोना सन्क्रमितले अक्सिजन अभाबमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाललाई प्रयाप्त अक्सिजन ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छ्न । उनिले अक्सिजनको अभाबमा गाउँपालिकाबासिको ज्यान जान नदिने गाउँपालिकाको मुख्य उधेश्य रहेको बताए।
आबस्यकता अनुसार अक्सिजनको अरु सिलिन्डर थपिने अध्यक्ष केसिको भनाई छ। गाउँपालिकाले ३ लाख ७८ हजार ८ सय लागतमा थप अक्सिजन सिलिन्डर ल्याएको र भोटेचौरमा रहेको कोभिड अस्पतालमा थप अक्सिजन जडान गरिने तयारीमा आफुहरु रहेको छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत प्रेम प्रकाश दाहालले बताए ।उनिले अक्सिजन सिलिन्डर थप भए संगै १० बेडको रहेको उक्त अस्पताललाई बेड थपगरी आज सोमबार देखि नै २० बेडको बनाइने बताए।
सात थान अक्सिजनबाट सेवा दिदै आएको कोभिड अस्पतालमा बिरामिहरुको दिनप्रतिन चाप बढ्दै गएको छ। हाल रहेका ७ थान अक्सिजनबाट कोभिड संक्रमीत बिरामिहरुलाई पालैपालो अक्सिजन लगाउदै गरेको भएतापनी थप आएको अक्सिजनले उपचार गर्न सहज हुने अस्पतालका डाक्टर प्रोशेष सिंहले बताए।
सोमबारनै थपिएका सम्पुर्ण बेडमा अक्सिजन जोडिने उनले बताए। छत्रेश्वरी गाउँपालिका संग हाल ४३ थान साना ठुला अक्सिजन सिलिन्डर रहेको बताइएको छ ।जसमध्य ठुला ३४ थान र एम्बुलेन्समा राखिने साइजको ९ थान रहेको स्वास्थ्य शाखा उपप्रमुख गणेशमान डाँगीले बताए। अक्सिजन सिलिन्डर बाहेक गाउँपालिका संग ३ थान अक्सिजन कन्सन्ट्रेटर रहेको समेत उनिले बताएका छ्न ।