मेरो एक हजार अभियान बाट जिल्ला अस्पताल सल्यान लाई २० वटा अक्सिजन सिलिन्डर उपलब्ध

२ जेठ २०७८

अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान बाट जिल्ला अस्पताल सल्यान लाई २० वटा अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।

 

अभियान द्वारा संकलित रकम बाट खरिद गरिएका २० वटा अक्सिजन सिलिन्डर आइतबार जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गर्दै,सेल्फ हेल्प अभियान समूह द्वारा संचालित ( अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान) का अभियान्ता तथा पत्रकार आशिष केसीले आफुहरुले सबै नेपालीबाट थोरै थोरै पैसा जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा अक्सिजन सिलिन्डर जोडिदिएको बताए ।
जिल्ला अस्पताल सल्यानमा अक्सिजनको कमिले अब कुनैपनी नागरिकले अकालमा ज्यान गुमाउने छैन्न भन्ने आशा आफुहरुमा रहेको बताउदै केसीले,अभियान लाई साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिय ।
सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई ४ लाख ४० हजारको लागतमा २० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको अभियान्ता तथा पत्रकार टेकराज शाही ले बताए ।शाहीले अक्सिजनको अभावमा कोरोना संक्रमितहरु तडपिएको देखेपछि आफुहरुले उक्त अभियान सञ्चालन गरेको र अभियान बाट थोरै भएपनि बिरामीलाई सहजता मिल्ने बाताबरण आफुहरुले निर्माण गरेको समेत बताए ।
उक्त अभियानमा अभियान्ताको रुपमा खटेका गोविन्द आभास शर्माले यो जटिल परिस्थितिमा आफुहरुले थालेको अभियान लाई साथ सहयोग गर्नुहुने सबैले मानवीय धर्म पूरा गरेको बताए ।एक हप्ता सम्म सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम संकलन भएको र ४ लाख ४० हजारको अक्सिजन सिलिन्डर खरिद गरेको शर्माले बताए ।
संकलन गरिएको केही रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगको लागि अर्को अभियानको पनि तयारी भइरहेको उनको भनाई छ ।
सल्यान श्रीनगरका युवा ब्यवसायी हपिस भण्डारी,पत्रकारहरु टेकराज शाही, आशिष केसी र ग्लोबल आइएमई बैंक श्रीनगर शाखाका कर्मचारी गोबिन्द आभास शर्माले उक्त अभियान संचालन गरेका थिय ।अभियान बाट संकलित अक्सिजन सिलिन्डरहरु सल्यान उघोग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस