जिल्ला अस्पताल सल्यानमा पहिलो पटक अक्सिजन प्लान्ट सञ्चालनमा

१ जेठ २०७८

जिल्ला अस्पताल सल्यानमा पहिलो पटक अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

 

शनिबार देखि सञ्चालनमा आएको अक्सिजन प्लान्टबाट तत्काल १० बेडलाई अक्सिजन उपलब्ध गराउन सकिने जिल्ला अस्पताल सल्यानले जनाएको छ । उक्त प्लान्टबाट प्रतिमिनेट ४० लिटरको दरले अक्सिजन उत्पादन हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिएका छन् ।

अक्सिजन प्लान्ट नहुँदा बाह्रय जिल्लाको भर पर्नु पर्ने बाध्यता रहेको र अब उक्त बाध्यता केही हदसम्म कम हुने उनले बताए । अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने, बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गर्न सकिने सुचना अधिकारी डिसीले बताएका हुन । यस अघि जिल्लामा अक्सिजन प्लान्ट नहुदा बिरामीहरुले सास्ती भोग्दै आएका थिय,जसका कारण महंगो शुल्क तिरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको थियो । अब उक्त बाध्यता भने केहि हद सम्म कम हुने बिश्वास गरिएको छ ।

कर्णाली प्रदेश सरकारको ५१ लाख आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको शनिबार शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।अक्सिजन प्लान्टको उद्घाटन गर्द्वै उनिहरुले प्रदेश सरकार लाई धन्यवाद दिएका थिय ।सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस