३१बैशाख २०७८
जिल्ला अस्पताल सल्यान लाई विभिन्न सहयोगी हरुले अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।
जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विभिन्न सहयोगी हरुले अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेका हुन ।
शुक्रबार पुर्व राज्य मन्त्री राजेन्द्र बहादुर शाह लगाएतले ४ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताल सल्यानलाई प्रदान गरिएको छ ।
अस्पतालमा अक्सिजनको अभाव भएपछि जिल्लामा थालिएको सहयोग अभियानबाट संकलित १ लाख ३३ हजार रकमबाट चार वटा अक्सिजन सिलिन्डर प्रदान गरिएको अभियान्ता तथा पत्रकार सनत कुमार शर्माले जानकारी दिएका छन् । अक्सिजन अभावका कारण अस्पतालमा छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोगका लागि थालिएको सहयोग अभियानमा एक्यबद्धता जनाई विभिन्न महानुभावहरुले सहयोग बाट उठेको पैसाले अक्सिजन सिलिन्डर किनी अस्पतालाई हस्तान्तरण गरिएको उनले बताए । उक्त सहयोग अभियानमा पुर्व राज्य मन्त्री राजेन्द्र बहादुर शाह, शारदा नगरपालिका वडा नं. २ वडा अध्यक्ष केशव सिहं श्रेष्ठ,बारका जिल्ला अध्यक्ष चन्द्र प्रकाश वली, समाजसेवी नवराज शर्मा र पत्रकार सनत कुमार शर्माले गरी रहेका छन् ।
शुक्रबारनै जिल्ला अस्पताल सल्यानलाई सल्यान जेसिसले पाँच थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। सल्यान जेसिसका अध्यक्ष तथा सल्यान उधोग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुको नेतृत्वमा जेसी दिपक बोहरा र जेसी गणेश विक लगायतको टोलीले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
यस्तै सल्यान अस्पताल बाट डिसर्चाज १ जना बिरामी लाई आर्थिक सहयोग गरीएको छ ।घरघरमा हामी साथमा बिरामी भन्ने उधेश्यका साथ सल्यानका तिन जना युवाहरुले संचालन गरेको, जिवन बचाउ अभियान बाट संकलित रकम कोरोना भाइरस लाई जितेर जिल्ला अस्पताल सल्यान बाट बिदा लिएर घर फर्किन लागेका कुमाख गाउँपालिका वडा नं.६ का ३० बर्षीया एक पुरुष लाई ४ हजार १ सय रुपैया सहयोगको लागी जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गरेको अभियान्ता प्रेम नारायण बिकले जानकारी दिए । उनिको आर्थिक अबस्था कम्जोर भएको थाहा पाएपछि उनलाई सहयोग गरीएको बिकले बताए । उक्त अभियान आफु लगाएत मोहन प्रकाश वली र शंकर बिक तिवारीले संचालनमा ल्याएको उनले बताए ।