सल्यानमा जेष्ठ १६ गते सम्मका लागि निषेधाज्ञा थपियो

३० बैशाख २०७८

सल्यानमा जारी निषेधाज्ञा थप १५ दिन लम्बिने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १६ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । जिल्लामा हाल सम्म कोरोना भाइरसको संक्रमित संख्या ५ सय ३७ पुगेको र निधन हुनेको संख्यामा पनि वृद्धि भईरहेको हुनाले जेठ १ गते सम्मको निषेधाज्ञालाई बढाएर जेठ १६ राती १२ बजे सम्म जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले बताइन् ।
सल्यानमा आइसियु तथा भेन्टीलेटरको सेवा उपलब्ध नभएको,स्वास्थ्य उपचार सम्बन्धि साधन समेत सिमित रहेको र संक्रमण वृद्धि दर उच्चतम बिन्दु तर्फ बढ्दै गइरहेकोले,कोभिडको जोखिमलाई न्यूनीकरण गर्न तथा उपचारको प्रवन्ध मिलाउन निषेधाज्ञा घोषणा गरिएको उनिले बताएकी हुन । यस्तै प्रमुख जिल्ला अधिकारी हुमागाईले निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पुर्ण सार्वजनिक तथा निजि सवारी साधनहरु संचालनमा पुर्णरुपमा रोक लगाउने,बिहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक लगाएत खाद्यान्न सामाग्री ,तरकारी,फलफूल दुग्धजन्य पदार्थ,औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्न पाइने,अत्यावश्यक सवारी संचालनका लागी जिल्ला प्रशासन कार्यालय बाट पास लिनु पर्ने,बिवाहा बर्तमन जस्ता शुभ कार्यको लागी प्रशासन कार्यालय बाट अनुमति लिएर १५ जना सम्म सहभागी गराई सम्पन गर्न सकिने बताइन् ।
अब भारत लगाएत अन्य देश बाट र जिल्ला बाहिर बाट फर्किएका हरु अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने र त्यसको अनुगमन सम्बन्धित वडाले गर्नु पर्ने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस