सल्यानको बागचौर नगरपालिकाले नगर भित्रका कोरोना लक्षण भएका र कोरोना पहिचान भएका आफै सवारी व्यवस्था गर्न नसक्ने बिरामीहरूको लागि सम्बन्धित वडाको समन्वयमा खलंगा अस्पतालसम्म जानको लागि नगरपालिकाले निशुल्क गाडीको व्यवस्था गर्ने भएको छ ।
त्यस्तै उपचारको क्रममा जिल्ला अस्पताल खलंगामा कोरोनाबाट बिरामी भई मृत्यु भएमा अस्पतालबाट घरसम्म निशुल्क शव वाहन ब्यबस्था गरिने नगरपालिकाले जनाएको छ ।
उक्त प्रयोजनको लागि नगरपालिकाको सरकारी गाडी, नगरपालिकाको एम्बुलेन्स र एकवटा निजी गाडी भाडामा लिएको बताइएको छ ।
नगर प्रमुख लोकमान बुढाथोकीले निम्न ब्यक्ति र नम्बरमा सम्पर्क गर्न सकिने बताएछ्न । नगरपालिकाको एम्बुलेन्स चालक : मनोज बुढाथोकी सम्पर्क नम्बर : 9847704577 नगरपालिकाले भाडामा लिएको गाडीको चालक : चन्द्र बहादुर वली सम्पर्क नम्बर : 9809864338 नगरपालिकाको गाडी चालक : मदन डि.सी. सम्पर्क नम्बर : 9866636600