२३ बैशाख २०७८
सल्यानको बागचौर नगरपालिकाले २५ बेडको आइसोलेशन वार्ड तयार गर्ने भएको छ ।
बिहिवार बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले बिस्वब्यापी रुपमा फैलिएको भेरियन्ट सहितको कोभिड -१९ सल्यानको बागचौर नगरपालिकामा पनि व्यापक रुपमा फैलिएको र त्यसलाई रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाको नव निर्मित भवनमा २५ बेडको आइसोलेशन वार्ड तयार गर्ने बागचौर नगरपालिकाले बताएको छ ।
शुक्रबार देखिनै अक्सिजन सहितको आइसोलेशन वार्ड ब्यवस्थापनको काममा नगरपालिका लाग्ने र ब्यवस्थापनको काम सकिय लगतै बिरामीहरू लाई सेवा दिन सुरु गरिने बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले बताएकी छिन । उनले नगरपालिका भित्रका कोरोनाका लक्षण भएका र कोरोना पहिचान भएका आफै सवारी साधन ब्यवस्थापन गर्न नसक्ने बिरामीहरूको लागी सम्बन्धित वडाको समन्वयमा सल्यान अस्पताल (खलंगा ) जानको लागी निशुल्क रुपमा नगरपालिकाले गाडीको ब्यवस्था गर्ने र कोरोना बाट मृत्यु भएमा सल्यान अस्पताल खलंगा बाट निजको घर सम्म सव वहनको लागी नगरपालिकाले निशुल्क गाडिको ब्यवस्थापन गर्ने समेत बताएकी छन् ।नगर उपप्रमुख पुनले बागचौर नगरपालिकाले शुक्रवार देखि नै नगरपालिकाको एम्बुलेन्स,नगरपालिकाकै २४५६ नम्बरको सरकारी गाडी र एक वटा निजि गाडी भाडामा लिएर कोरोनाका बिरामीहरुलाई यातायातको सेवा दिने बताएकी हुन ।
बिहिवार बसेको बागचौर नगर कार्यपालिकाको बैठकले आइसोलेशन वार्ड संचालनको लागी १ जना मेडिकल अधिकृत,२ जना स्टाप नर्स,२ जना हेल्थ असिस्टेन्ट,२ जना अनमि र ४ जना स्वयंसेवकको पदपूर्ति गर्ने र आइसोलेशनमा परिचालन हुने कर्मचारी र सवारी चालक हरुलाई प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिवहादुर कठाएतले बताएका छन् । कोरोना भाइरसलाई फैलिन नदिनको लागी बिदेश बाट आएका र नगरपालिका बाहिर बाट आएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन सम्म होम आइसोलेशन बस्न समेत जानकारी दिने कठायतलेले बताए ।
बागचौर नगरपालिका भित्रका मेडिकल तथा अस्पतालहरुले कोरोना भाइरसका लक्षण भएका बिरामी हरुलाई अन्तिम अवस्थामा मात्र रिफर गर्ने गरेकाले त्यस्ता बिरामीहरुलाई परिक्षणको लागी तत्काल रिफर गर्न समेत नगरपालिकाले मेडिकल र अस्पतालहरुलाई आग्रह गर्ने निर्णय गरेको बताएको छ ।