सल्यान श्रीनगरका नीजि अस्पतालमा निःशुल्क अक्सिजन सेवा दिइने

२२ बैशाख २०७८

सल्यान श्रीनगरका नीजि अस्पतालमा निःशुल्क अक्सिजन सेवा दिइने भएको छ ।

सल्यान उद्योग वाणिज्य संघको समन्वयमा निजी अस्पतालमा अक्सिजन दिनु पर्ने विरामी आएमा अक्सिजन सेवा निःशुल्क गरिने व्यवस्था मिलाइएको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले बताएका छन् । विश्वभर फैलिएको भेरियन्ट सहितको कोरोना भाइरसलाई मध्यनजर गर्दै सल्यान श्रीनगरका नीजि अस्पतालमा निःशुल्क अक्सिजन सेवाको व्यवस्था गरिएको उनले बताएका हुन। अक्सिजनको सम्पूर्ण खर्च उद्योग वाणिज्य संघले व्यहोर्ने बुढाथोकीले बताए ।

यस्तै सल्यान उद्योग वाणिज्य संघले जिल्ला अस्पताल सल्यानमा खालि रहेका १६ र श्रीनगर बजार क्षेत्रका नीजि अस्पतालमा रहेका ९ अक्सिजन सिलिन्डर भर्न नेपालगञ्ज पठाएको छ । पठाइएका सिलिन्डर भरी बुधबार रातीनै सल्यान आइपुग्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस