चट्याङ लागेर दुई गोरु मरे

२ २बैशाख २०७८ / सन्तोष भण्डारी

सल्यानको शारदा नगरपालिकामा चट्याङ लागेर दुई गोरु मरेका छन् ।

 

मंगलवार राती करिब साढे ८ बजे चट्याङ लागी शारदा नगरपालिका वडा नं.१५ स्यालपानीका अम्बर बहादुर बुढामगरका दुई गोरु मरेका हुन । उनको गोठमा परेको चट्याङ लागेर घटनास्थलमै दुई गोरु मरेको स्थानीय बासी नारायण भट्टराईले बताए । चट्याङ बाट अन्य ठूलो क्षति भने नभएको भट्टराईले जानकारी दिएका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय श्रीनगर बाट प्रहरी टोली वडा नं.१५ का वडा अध्यक्ष हेमेन्द्र बाबू सेजुवाल समेत पुगेका थिय ।

प्रतिक्रिया दिनुहोस