सल्यानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु ।

बैशाख २१, सल्यान ।

सल्यानमा कोरोना संक्रमणबाट थप दुइ जनाको ज्यान गएको छ । ज्यान गुमाउने एकजना बागचाैरका हुन भने एक जना सिद्द कुमाखका हुन् ।

सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक जना पुरुषको मंगलवार बिहान मृ’त्यु भएको हाे । अस्पतालले मृतकलाइ अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ ।

अक्सीजनको मात्रा एकदमै कम भएका उनलाइ थप उपचारका लागि सुर्खे रिफर गर्दा समेत आर्थिक अवस्था कमजोर र अक्सीजन सहितको एम्बुलेन्सको अभावमा लग्न नसकेको मृततका आफन्त बताउँछन् ।

त्यस्तै सिद्द कुमाख निवासी काेराेना संक्रमित एक शिक्षककाे पनि ज्यान गएकाे छ ।

अक्सीजनको मात्रा कम भएपछि उपचारका लागि सोमबार सल्यान अस्पताल पुगेका शिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय ति शिक्षककाे अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार राती नै ती पुरुषको समेत ज्यान गएको छ ।

सल्यानमा बैशाख यता काेराेनाबाट १० जनाभन्दा बढीकाे ज्यान गएकाे छ । सल्यान अस्पतालमा उपचाररत अहिलेसम्म ६ जनाकाे ज्यान u बढी संक्रमितकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया दिनुहोस