सल्यान बागचौर नगरपालिका १२,बाँफुखोलाका एक जना पुुरुषको कोरोनाको कारण मृत्यु

१९ बैशाख २०७८

सल्यान बागचौर नगरपालिका १२ बाँफुखोलाका एक जना पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत सल्यान बागचौर नगरपालिका १२ का ५२ वर्षीय पुरुषको आइतबार मृत्यु भएको बताईएको छ । पारिवारिक श्रोतका अनुसार उनलाई एक हप्ता अघि स्वास प्रस्वासमा समस्या देखापरेकोले उपचारको लागि बाँफुखोलाबाट भेरी अस्पताल लगेर आइसियुमा राखेर उपचार भइरहेको थियो । तर आइतबार बिहान एक्कासी स्वासप्रस्वासमा समस्या देखापरेर उनको मृत्यु भएको हो ।
यस्तै पछिल्लो समय भेरियन्ट सहितको कोरोनाका संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले बताएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आइतबार मात्र ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कार्यालयका अनुसार शारदा नगरपालिकाका ११ छत्रेश्वरी गाउँपालिकाका ४ त्रिवेणी गाउँपालिकाका ५ कपुरकोट गाउँपालिका १ कालीमाटी गाउँपालिका का ३ बागचौर नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाका ६ र सिद्ध कुमाख गाउँपालिकाका १ गरी ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । ६ सय १५ जनाको एन्टिजेन परिक्षण गर्दा ३ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस