१९बैशाख २०७८
सल्यान सल्लीबजारका एक प्रतिष्ठित व्यापारीको कोभिडका कारण मृत्यु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा न्यु श्रेष्ठ इलोक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका करिव ३५ वर्षिया युवा व्यापारी शैलेन्द्र दास श्रेष्ठको कोभिडका कारण मृत्यु भएको हो ।विगत एक हप्ता अघि देखि नेपालगञ्ज भेरी अस्पतालको शैयामा अक्सिजनको साहारामा छटपटाइ रहेका ब्यापारी श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
एक हप्ता अघि उनको स्वास्थ्यमा जटिलता थपिए पछि नेपालगञ्ज लगिएको थियोे, युवा ब्यापारी श्रेष्ठको मृत्युले सल्लीबजार शोकमग्न भएको छ ।