१८ बैशाख २०७८
कोभिड १९ बाट सल्यानमा एकै दिनमा दुई जनाको मृत्यु भएको छ ।
सल्यान अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
दुवै जना शनिबार मात्र अस्पतालमा उपचारका लागि आएका थिए । अस्पताल ल्याएको केही घण्टामा नै दुवैको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताएका छन्। बताउनु भयो ।