सल्यानको छत्रेश्वरी गाउँपालिकाले अक्सिजन सहितको १० बेडको आइसोलेसन तयार गरेको छ ।

बैशाख १८, सल्यान

बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै छत्रेश्वरी गाउँपालिकाले पालिकाको वडा नं।६ भोटेचौरमा अक्सिजन सहितको १० बेडको आइसोलेसन तथा कोभिड उपचार कक्ष संचालनमा ल्याएको गाउँपालिकाले बताएको छ ।
कोभिड उपचार कक्षमा मेडिकल अधिकृत डा।प्रोशेष सिंहको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलि ब्यबस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

कोभीड( १९ बाट संक्रमण भएका गाउँपालिका बासी अति संवेदनशिल बिरामिलाई आइसोलेसनमा राखेर स्वास्थ्यकर्मी द्वारा उपचार गरिने र स्वास्थ्यमा कुनैपनी समस्या उत्पन्न भइ बिरामी रिफर गर्ने अवस्था लाई ख्यालमा राखी एम्बुलेन्स सेवा पनि सुचारु गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस