सल्यानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

वैशाख १८,सल्यान
कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
रोल्पा गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा आइतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

विगत ३र४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबार मात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो । एन्टीजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो ।

उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यससँगै सल्यानमा भरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको सख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस