मृतक बुवाको किरिया बसेकी रितु बोहरालाई आर्थिक सहयोग जुट्दै ।

१७ बैशाख २०७८

दाङको कालिका मन्दीरमा बुवाको किरिया बसेकी सल्यानकी १२ बर्षिया बालिका लाई आर्थिक सहयोग जुटिरहेको छ ।
उनलाई सल्यान दाङ रोल्पा,रुकुम लगाएत अन्य जिल्लाका सहयोगीहरुले करिव १ लाख ८३ हजार ६ सय १० रुपैया भन्दा बढी आर्थिक सहयोग गरेका छन् बैषाख ७ गते तानसेन पाल्पाको झाँक्रीगाउँमा टिप्पर दुर्घटनामा परि निधन भएका सल्यान शिद्वकुमाख गाउँपालिका ३ कल्यचौरका भोलाराम बोहराकी १२ बर्षिया छोरी रितु बोहरा लाई विभिन्न ब्यक्तिहरुले आर्थिक सहयोग गर्द्वै आएको उनका आफन्तले बताएका छन् । आफ्नो घर नहुदा भाडामा बस्दै आएकी १२ बर्षिया नबालक एक्ली छोरी रितुले दाङ तुलसीपुरको कालिका मन्दीरमा स्वर्गीय बुवाको काजकिरिया गर्द्वै आएको दर्दनाक अवस्थाले आफुहरुले आर्थिक सहयोग जुटाउदै आएको सल्यान घर भएका सुवर्ण योगीले बताएका छन् ।
आफ्नो परिवारको आर्थिक अवस्था कम्जोर भएको र छोरी बेलाबेलामा बिरामी पर्द्वै आएकोले उनको उपचारको लागी आर्थिक सहयोग गरिदिन रितु बोहराकी आमा सोभा बोहराले सबैमा अनुरोध गरेकी छ्न ।कक्षा छ म पढ्दै आएकी आफ्नी छोरीको पढाई लाई निरन्तरता दिन समेत आफुलाई गार्हो हुने बताउदै उनले सबैको साथ सहयोगको अपेक्षामा आफुहरु रहेको बताइन । उनले आफुहरुलाई सहयोग गर्नको लगी , एभरेष्ट बैंक लिमिटेडमा सोभा बोहराको नाममा रहेको खाता न ०३३००५०१२१०३४१ मा पैसा जम्मा गरिदिन पनि सहयोगीहरुमा अनुरोध गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस