राष्ट्रिय प्रजातन्त्र पाटी छोडेर योगमाया घर्तीले गरिन नेपाली काङ्ग्रेसमा प्रवेश

१३ बैशाख २०७८

सल्यानकी योगमाया घर्तीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी छिन ।

आइतबार नेपाली काङ्ग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापा बाट पार्टी सदस्यता लिएर आफुले नेपाली काङ्ग्रेसमा बिधिवत रुपमा प्रवेश गरेको योगमाया घर्तीले दियो अनलाइन लाई बताएकी छिन । उनले आफू पहिले राष्ट्रिय प्रजातान्त्र पाटीको प्रजातान्त्रिक महिला संगठनको केन्द्रिय सदस्य रहेको बताइन । सल्यान शारदा नगरपालिका वडा नं.१३ स्यानिखाल माइती घर भै हाल बर्दियामा बस्दै आएकी घर्तीमगरले नेपाली काङ्ग्रेसमा प्रवेश गरे संगै सल्यान लाई राजनीतिक कर्म थलो बनाउने बताएकी छिन ।उनले बुवा भागीराम घर्तीमगर र दाजु केशर सिंह घर्तिमगरको अपुरो राजनीतिक यात्रालाई काङ्ग्रेसमै रहेर पार्टीको नीति नियम र बिधानमा बमोजिम पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन ।

२०७० सालको संविधान सभाको निर्वाचनमा सल्यान क्षेत्र नं. २ बाट प्रत्येक्ष सासंदको निर्वाचनमा लडेकी घर्ती मगरले दर्जनौं सामाजिक कार्यमा अग्रसरता देखाउदै आएकी छिन । उनी २०५५ सालमा राष्ट्रिय स्तरको लोकगीत प्रतियोगितामा प्रथम बनेकी घर्तीमगरले, २०५५ सालमै रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेकी थिइन ।उनले शारदा खोलीमा छिपछिपे पानी लगाएतका दुई दर्जन बढी गितको सृजना गरेकी छिन भने दर्जनौं गितहरुमा आवाज दिएकी छिन । साहित्यमा समेत कलम चलाउदै आएकी घर्ती मगर पाँच बर्ष लन्डनमा बसेर नेपालमा फर्किएकी हुन ।

प्रतिक्रिया दिनुहोस