१२ बैशाख २०७८ / बिमला बस्नेत
सल्यानको शारदा नगरपालिका वडा नं. ७ ले वडा भित्रका सुत्केरी महिलाहरुलाई पोषण युक्त खाद्यान्न सामाग्री बितरण गरेको छ ।
आइतबार कजेरी स्वास्थ्य चौकीमा भएको खाद्यान्न सामाग्री बितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष लिला वहादुर रोकाले सुत्केरी महिलाहरुलाई पोषण युक्त खाद्यान्न बितरण गर्नुको मुख्य उधेश्य भनेको बालबालिका लाई स्वस्थ्य र तन्दुरुस्त राख्नु रहेको बताएका छ्न ।उनले वडा नं.७ मा घरमै सुत्केरी गराउने प्रचलन बढ्दै गएको र त्यस लाई न्यूनीकरण गर्नको लागि पनि त्यस्ता खाले कार्यक्रमको आवश्यकता रहेको बताएका हुन । सुरक्षीत प्रसुतीको लागी कजेरी स्वास्थ्य चौकी चैबिसै घण्टा खुल्ला रहने समेत बताएका वडा अध्यक्षले आमा र बच्चाको जिवनलाई जोखिम मोलेर घरमै सुत्केरी गराउने प्रथाको अन्त्य गर्न आ आफ्नो ठाउँ बाट लागी पर्न सम्पुर्ण वडा बासीमा अनुरोध गरेका थिय ।
कार्यक्रममा बोल्दै सु-आहारा सल्यानका पोषण तथा स्वास्थ्य कार्यक्रम अधिकृत ओम प्रकाश बिश्वकर्माले पोषण बिना जिवनलाई स्वस्थ गराउन कल्पना पनि गर्न नसकिने बताएका छन् ।हजार दिनका बालबालिकाको पोषण अवस्था राम्रो होस भनेर पोषण युक्त खानेकुरा सुत्केरी आमा र बच्चालाई उपलब्ध गराउनु सचेत नागरिकको जिम्मेवारी भएको समेत उनले बताएका हुन ।पोषण युक्त खाने कुराले हजार दिन भित्रका बालबच्चाको ८० प्रतिशत शारीरिक तथा बौद्धिक बिकास हुने बताएका,बिश्वकर्माले आफुहरुले जिल्लामा रहेर हजार दिनका बालबालिका र पोषण सम्बन्धि काम गरिरहेको समेत बताए ।
कार्यक्रममा केजेरी स्वास्थ्य चौकीमा गएर बच्चा जन्माएका र स्वास्थ्यचौकी बाट रिफर गरिएका वडा भित्रका,२८ जना सुत्केरी महिलाहरू लाई प्रती ब्यक्ति एक हजार रुपैया बराबरको पोषणयुक्त खाद्यान्न र पशु जन्य पोषण युक्त सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा शारदा नगरपालिकाकी वडा सदस्य प्रेमी कुमारी कामी,वडा न ७ का वडा सचीव नरेश बिष्ट,स्वास्थ्यचौकी ब्यवस्थापन समिती सदस्य नन्दाराम रेउले लगाएतको उपस्थिति रहेको थियो । शारदा नगरपालिका वडा नं.७ को आर्थिक सहयोग र कजेरी स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रकार शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका,लगाएतको सहभागीता रहेको थियो । केजेरी स्वास्थ्यचौकीकी अनमि दिला कुमारी वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख राजु बिकले गरेका थिय ।