१२ वैशाख २०७८
दुर्घटनामा बुवाको निधन भएपछि १२ वर्षीया एक्ली छोरीले बुवाको क्रिया गरेकी छन् ।
बैषाख ७ गते तानसेन पाल्पाको झाँक्रीगाउँमा टिप्पर दुर्घटनामा परि निधन भएका सल्यान शिद्वकुमाख गाउँपालिका ३ कल्यचौरका भोलाराम बोहराकी १२ बर्षिया छोरी रितु बोहराले स्वर्गीय बुवाको काजकिरिया गर्द्वै आएकी छिन ।
नबालक १२ बर्षिया एक्ली छोरी रितुले दाङ तुलसीपुरको कालिका मन्दीरमा स्वर्गीय बुवाको काजकिरिया गर्द्वै आएकी हुन।आर्थिक अभाव र बोहराको आफ्नो घर नहुदा मन्दीरमा काजकिरिया गर्नु पर्ने बाध्यता भएको उनका आफन्तले बताएका छन् ।
आर्थिक स्थिति कमजोर भएपछि,मृतकको सव ल्याउन समेत स्थानीयले पैसा उठाएका थिय ।बिगत १४ बर्ष देखि दाङ तुलसीपुर उपमहानगर पालिका ९ बेलुवामा भाडामा बस्दै आएका बोहरा परिवारमा घरमुलिकै निधन भएपछि उनका श्रीमती र एक छोरीको जिबनयापनमा कठिनाइ पुगेको छ ।
पढाईमा जेहेन्दार रहेकी १२ बर्षिया रितु बोहरा बिगत लामोसमय देखी बिरामी समेत रहेकी छिन । बुवाको काजकिरिया गर्द्वै आएकी बोहराको स्वास्थ्य कम्जोर बन्दै गएको र उनको उपचारका लागि पैसा नभएपछि आफुमा तनाव थपिदै आएको मृतककी श्रीमती सोभा बोहराले बताइन् । उनले छोरीको उपचारको लागी आफुहरुलाई आर्थिक सहयोग गर्द्विन सबैलाई अनुरोध गरेकी छिन ।