बागचौर नगरपालिकाले सोलार बत्ति र हिल ट्याङ्की बितरण गर्द्वै

६ बैषाख २०७८

सल्यानको बागचौर नगरपालिकाले नगरको वडा नं. ९ मा सोलार बत्ती र हिलट्यांकी बितरण गरेको छ ।

मेयर सँग उज्यालो कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नं.९ खोरबारेमा रहेको शिशु जागरण माध्यमिक बिधालयका छात्र छात्रालाई, सोलार बत्ती वितरण गरिएको बागचौर नगरपालिकाले जानकारी दिएको छ । गरिव तथा जेहेन्दार,सहिद परिवार,दलित जनजाति र अपाङ्गता भएका ४५ जना विद्यार्थीहरुलाई उक्त कार्यक्रम बाट सोलार बत्ती बितरण गरिएको र मेयर सँग जनता पानी संकलन कार्यक्रम अन्तर्गत २० जना ब्यक्तिलाई हिलट्यांकी वितरण गरिएको बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले बताए । वडा नं.९ मा रहेका क र ख बर्गका अपाङ्गता भएका ब्यक्तिहरुलाई हिल ट्याङ्की बितरण गरिएको उनले बताए ।

विद्यार्थी लाई सोलार बत्ति बितरण गर्नुको मुख्य कारण उज्यालो बाट बन्चित भएका विद्यार्थीहरु लाई अध्यन गर्ने बाताबरण मिलोस र हिल ट्याङ्की बितरण गरिनुको मुख्य कारण पानी जम्मा गरेर तरकारी खेती लगाएत अपाङ्गता भएका ब्यक्तिहरुलाई नुहाउन कपडा धुन या ब्यक्तिगत सरसफाइमा सहज गराइदिनको लागि नगरपालिकाले हिल ट्याङ्की बितरण गरिएको बताएका छन् । सोलार बत्ति पाए पछि विद्यार्थीहरु खुसी भएको शिसुजागरण माध्यामिक बिधालय खोरवारेका प्र.अ रुपलाल भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस