६ बैशाख २०७८
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ को केन्द्रमा पहिलो पकट विजुली बत्ति बल्दा स्थानीयबासीमा खुसियाली छाएको छ ।
सोमबार ४ नम्बर वडा कार्यालयमा बिधुत लाइनको उद्घाटन गर्द्वै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुुर सेनले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताएका छन् । सेनले वडा नं.४ का वस्तीहरुमा विजुली बत्ति जडान गर्न पनि आग्रह गरेका छन् ।वडा नम्बर ४ को गांडापानी सम्म नै मुख्य लाइनको लागि पोल गाड्ने तथा तार तान्ने काम सम्पन्न भैसकेको र ४ नम्बर वडाका वस्तीहरुमा शाखा लाईन विस्तार गर्न बाँकी रहेको बताउदै उनले आफुहरुले स्थानीय सरकार भएको प्रत्याभूति हुने गरी काम गर्द्वै आएको बताए ।
वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको विद्युत लाईन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, नेकपा एमालेका प्रतिनिधि मित्र कठायत, नेपाली कांग्रेसका प्रतिनिधि गोपाल बुढा, माओबादी केन्द्रका प्रतिनिधि खड्क सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिय । ४ नम्बर वडा सदस्य चित्र बहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक हस्त बहादुर बुढाले गरेका थिय ।