बागचौरको शिशु जागरण माविको ४ कोठे पक्की भवनको शिलान्यास

६ वैशाख २०७८

श्री शिशु जागरण माध्यमिक बिधालय बागचौर नगरपालिका वडा नं।९ खोरवारेको ४ कोठे पक्की भवन शिलान्यास गरिएको छ ।

सोमबार भवनको शिलान्यास कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले नगरको समग्र बिकास निर्माणका कार्यमा आफुले कुनै पनि राजनीतिक आग्रह पुर्वाग्रह नराखेर काम गर्द्वै आएको बताएका छन् । उनले जनता संग गरेका प्रतिबद्धता अनुसार काम गर्द्वै आएको र आगामी दिनहरुमा पनि जनता संगका प्रतिबद्धता क्रमिक रुपले पूरा गर्ने अभियानमै आफू लागी परेको बताए । बिकास निर्माणका कार्यहरूमा बजेट बिनियोजन गर्दा समेत नगरको समृद्धि लाई ख्याल गर्द्वै बजेट बिनियोजन गर्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बिकास निर्माणका कार्यमा आफू सधै जनता संग हातेमालो गरेर अगाडि बढ्ने बताए

कार्यक्रममा बोल्दै शिशु जागरण माध्यमिक बिधालय खोरवारेका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर डाँगीले आफ्नो बिधालयको चार कोठे पक्की भवन निर्माणका लागी नगर सरकारले बजेट बिनियोजन गरेकोमा आफू लगाएत बिधालय परिवार लगाएत सम्पुर्ण वडा बासी खुसी भएको बताए । अध्यक्ष डाँगीले आगामी दिनमा पनि बिधालयको शैक्षिक स्तर सुधार तथा भौतिक पुर्वाधार बिकासमा साथ सहयोग दिन नगर प्रमुख बुढाथोकीलाई अनुरोध गरेका थिय ।

शिलान्यास गरिएको चार कोठे पक्की भवन निर्माणका लागि
बागचौर नगरपालिकाको आ।व। २०७७र०७८ को सशर्त अनुदान अन्तर्गतको विद्यालय भौतिक पुर्वाधार विकास कार्यक्रम शिर्षकमा ३६ लाख बजेट बिनियोजन गरिएको हो ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता, बिधालय ब्यवस्थापन समितीका अध्यक्ष लोकबहादुर डाँगीको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा बागचौर नगरपालिका वडा नं।९ का वडा अध्यक्ष मोहन चन्द,वडा सदस्यहरु,बिधालय ब्यवस्थापन समितिका सदस्यहरु ,शिक्षक विद्यार्थी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन सोही बिधालयका प्र।अ रुपलाल भण्डारीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस