सल्यानको बागचौरमा सवारी चालकलाई एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन

सन्तोष भण्डारी /५ बैशाख २०७८

सडक दुर्घटना न्यूनीकरणका लागि यातायात सेवाग्राही लाई एक दिने अभिमुखिकरण कार्यक्रम सल्यानको बागचौरमा सम्पन्न गरिएको छ ।
आइतबार भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले सडक दुर्घटना लाई न्यूनीकरण गर्नको लागि उक्त अभिमुखिकरण कार्यक्रमले धेरै टेवा  पुर्याउने   बताएका छन् । पछिल्लो समयमा बागचौर नगरपालिका भित्र सडक दुर्घटना न्यूनीकरणका लागि धेरै कामहरु भै रहेका र अझै सडक दुर्घटना हुन नदिन सबै तह र तप्काका संग सहकार्य गरेर अगाडि बढ्ने योजनामा आफुहरु रहेको बताए ।बुढाथोकीले सडक दुर्घटना न्युनिकरणका लागि सबै स्थानीय तह र सरोकारवाला निकायहरु लागि परे सडक दुर्घटनामा कमी आउने समेत बताए ।उनले सहभागीहरुलाई सडक दुर्घटना आफ्नो कारणले मात्र नभै अरुको कारण भौगोलिक बनावट,प्राबिधिक कारणले समेत हुने भएकाले सचेत भएर सवारी साधन चलाउन आग्रह गरे ।
कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले अभिमुखिकरण कार्यक्रम बाट सिकेका कुराहरुलाई व्यबहारमा लागू गर्न सहभागी सवारी चालकहरुलाई आग्रह गरेकी थिन ।उनले बागचौर नगरपालिकाले यस्ता चेतनामूलक कार्यक्रम आगामी दिनहरुमा पनि गर्द्वै जाने र त्यसमा सहभागी हुन चालकहरुलाई अनुरोध गरेकी हुन । जिल्लाका एक सय भन्द बढी सवारीचालक हरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापा र जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख दिपेन्द्र केसीले सडक दुर्घटना हुनुका मुख्य कारण,ट्राफिक नियम र सडक दुर्घटनामा न्युनिकरण गर्ने उपायहरु सम्बन्धि अभिमुखिकरण गरेका थिय ।
यसैबीच सोही कार्यक्रममा बागचौरमा ट्राफिक व्यवस्थापनमा राम्रो काम गरेको भन्दै नगरपालिकाले अस्थायी ट्राफिक पोस्ट थारमारेका प्रमुख इन्चार्ज बिरेन्द्र कढायतलाई सम्मान गरेको छ । कढायतले थारमारे आएयता सडक सुधारका लागि जनचेतना सम्बन्धिका बोर्ड फेर्ने, घुम्ती फराकिलो बनाउने, ट्राफिक आइलन निर्माण गर्ने लगाएतका कामहरु गरेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट थारमारेको अनुरोध र बागचौर नगरपालिकाको आयोजनमा भएको स्थानीय सरकार संग सहकार्य गरी सडक दुर्घटना न्यूनीकरणका लागि यातायात सेवाग्राहीलाई अभिमुखिकरण कार्यक्रमा स्वागत मन्तव्य बागचौर नगरपालिका पशुसेवा शाखाका लोकेन्द्र डाँगीले राखेका थिय भने,सन्चालन पत्रकार खेमराज सुनारले गरेका थिय ।
प्रतिक्रिया दिनुहोस