एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरको अध्यक्षमा रविकिरण ओली

५ बैषाख २०७८

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरको अध्यक्षमा रविकिरण ओली निर्वाचित भएका छन् ।

 

शनिबार सल्यानको बागचौर भएको पहिलो नगर परिषद बाट रविकिरण ओली अध्यक्ष रहेको ९१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठनको नगर परिषद गठन गरिएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो संघर्षपुर्ण इतिहास बोकेको बताएका छन् । उनले दस बर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन,शान्ति प्रक्रिया हुँदै संघिय गणतन्त्र सम्म आइपुग्दा शिक्षकहरुको भुमिका महत्त्वपूर्ण रहेको बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले देश परिवर्तन गर्नकै लागी शिक्षकहरुले आफ्नो जागीर घरपरिवार छोडेर जनयुद्धमा होमिएको र जिवनलाई बलिदान समेत गरेको इतिहासलाई पाटिले उच्च मुल्यांकन गरेको र आगामी दिनहरुमा पनि गर्ने बताएका थिय ।

 

कार्यक्रमका बिशिस्ट अतिथि,संगठनका पूर्व केन्द्रिय अध्यक्ष रत्नबहादुर वलीले पेशागत क्षमता विकास गर्दै आआफ्नो विद्यालयलाई प्रविधी मैत्री विद्यालयको रुपमा रुपान्तर गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्दै जानुपर्ने बताएका थिए ।शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व सहअध्यक्ष समेत रहेका वलीले अबको शिक्षक प्राविधिमुखी हुनु पर्ने बताए ।उनले एउटा शिक्षकको हातमा हजारौं विद्यार्थीको भबिष्य जोडिएकाले देश निर्माणको बलियो खम्बा तयार पार्ने जिम्मेवारी समेत शिक्षकको काधमा रहेको बताएका हुन । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यहरु कृति बहादुर पुन, टिकाराम ओली, सल्यान जिल्ला कमिटी सदस्यहरु लोकमान बुढाथोकी,कल्पना पुन , संगठनका केन्द्रिय सदस्य टेक बहादुर डि सी , केन्द्रिय परिषद् सदस्यहरु उमेश कुमार बुढाथोकी,डा. पूर्ण बहादुर भण्डारी लगायतकाले परिषद सफलताको शुभकामना मन्तव्य राखेका थिय ।

 

नव निर्वाचित अध्यक्ष रविकिरण ओलीले,बदलिदो समयमा आइसिटीको आधारभूत ज्ञान विना शिक्षण प्रभावकारी नहुने कुरालाई मध्य जनर गरी नगर कमिटीको आयोजनामा नगरपालिका भित्रका शिक्षक÷कर्मचारीहरुको लागि आधारभूत आइसिटी तालिमको संचालन गर्ने योजना तय गरिएको बताएका थिय ।उनले गौरवपुर्ण इतिहास बोकेको एकीकृत अखिल नेपाल शिक्षक संगठन समाज रुपान्तरणको मार्गमा समेत जोडिन लागि पर्ने बताएका थिय ।

बागचौर नगरपालिका भित्रका २१८ जना संगठित सदस्यहरुको उपस्तिथिमा भएको पहिलो नगर परिषद कार्यक्रममा,वरिष्ठ उपाध्यक्ष रमण कुमार गौतमले स्वागत मन्तब्य राखेका थिय भने, नगर सचिव विरेन्द्र प्रकाश डिसी,ले कार्यक्रम संचालन गरेका थिय। सोही नगर परिषद बाट बागचौर नगरपालिका वडा नं. ४ स्थित जनता आधारभूत विद्यालयका स्वर्गिय शिक्षक प्रेम बहादुर बस्नेतका ४ जना छोराछोरीलाई विद्यालय पोशाक र स्टेशनरी उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस