राप्ती साहित्य परिषद् सल्यानको चौथो अधिवेशन बाट प्रविन भण्डारी अध्यक्षमा निर्वाचित

५ वैशाख २०७८

राप्ती साहित्य परिषद सल्यानको चौथो जिल्ला अधिबेशन बाट प्रविन भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिवार सल्यान सदरमुकाम खलंगामा भएको परिषदको अधिवेशनबाट उपाध्यक्षमा इन्द्र भण्डारी अंकित, सचिवमा तारादेव शर्मा प्रर्दशन, सहसचिवमा मनोजवावु मनोहर र कोषाध्यक्षमा सिर्जना विष्ट निर्वाचित भएका हुनु । अधिबेशन बाट सदस्यहरुमा डिल्लीराज केसी, मोहनसिंह घर्ति, रमा शर्मा, गणेश बिक निर्वाचित भएका छन् । त्यस्तै सल्लाहाकारमा केशवराज देबकोटा, विष्णु शर्मा रहेको राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले जनाएको छ । आगामी दिनहरुमा परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ ।

कार्यक्रम बाट शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले रु २५ हजार राशी रहेको साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । अधिकारीले स्वर्गिय छोरी अजिता अधिकारीको नाममा रु २५ हजारको साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापनाको घोषणा गरेका हुन । अक्षयकोष रकमबाट आउने लाभासंबाट प्रत्येक वर्ष उत्कृष्ट साहित्कारलाई पुरस्कार बितरण गरिने उनको भनाई छ । साहित्य क्षेत्रलाई अग्रसर बनाउनको लागि आफ्नो तर्फबाट सहयोग र सहकार्य हुने समेत नगर प्रमुख अधिकारीले दावी गरे ।

 

शारदा नगरपालिकाका नगर प्रमुख शुरेस अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरु डा. प्रेम योगी, डा.पुर्ण भण्डारी पङकज, राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्मा समिर, सल्यान शाखाका पुर्व अध्यक्ष प्रतिक इच्छुक शर्मा, कलाकार तथा साहित्कार भीम कुमाखी लगायत पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा मौसम दास श्रेष्ठ, विपि हमाल, डिल्लीराज केसी, तारादेव शर्मा, मनोजबाबु मनोहर, अनिल भण्डारी, सिर्जना विष्ट लगायत दर्जना साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए । राप्ती साहित्य परिषद सल्यानकि निवर्तमान अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका पुर्व उपाध्यक्ष डिल्लीराज रावतले स्वागत मन्तव्य राखेका थिय ।

प्रतिक्रिया दिनुहोस