३ बैषाख २०७८
सल्यानको बागचौर नगरपालिकामा कोभिड-१९ र पोषण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागचौर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कोभिड – १९ पश्चात् पोषण अवस्थाको लेखाजोखा र स्थानीय तहका स्वाथ्य संस्थामा कोभिड १९ पश्चात् पाँच बर्षमुनीका बालबालिकाको पोषण स्थिति लेखाजोखा गर्ने अन्तरक्रिया कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले कोभिड १९ को अवस्था बारे फेरि पनि सचेत रहनु पर्ने बेला आएको बताएका छन् । पछिल्लो समयमा देशका विभिन्न भागहरुमा कोरोना संक्रमणको दर बढी रहेको र त्यसलाई न्युनिकरण गर्ने जनशक्ति स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य सामाग्री सहित तयारी अबस्थामा बस्न उनिहरुलाई निर्देशन दिएका छन् ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख बुढाथोकीले कोरोना संक्रमणको समयमा नगर भित्रका पाँच बर्ष मुनिका बालबालिकाहरुको पोषण अवस्था बुझ्न र उनिहरुको पोषण अवस्थामा सुधार ल्याउनको लागि तत्पर रहन स्वास्थ्य संस्थाका प्रमुखहरुलाई अनुरोध गरेका थिय ।
अन्तरक्रिया कार्यक्रममा नगरका १२ वटै वडाहरुमा कोभिड -१९ र पाँच बर्ष मुनिका बालबालिकामा पोषणको अवस्था बारे छ्लफल गरिएको थियो ।बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठायतको अध्यक्षतामा सुरु भएको अन्तरक्रिया कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सि.अहेव अधिकृत एकराज केसीले गरेका थिय ।