३ बैषाख २०७८
सल्यानको बागचौर नगरपालिकाले नगर भित्रका सबै वडा हरुमा दर्ता शिविर संचालनमा ल्याएको छ । नगर भित्रका स्थायी बसोबास गर्ने नागरिकहरुको ब्यक्तिगत घटना ( जन्म,मृत्यु,बिवाहा,बसाइँसराइ, सम्बन्ध बिच्छेद ) दर्ता तथा सामाजिक सुरक्षा भत्ता बारे सूचना लिने,दर्ता गराउने र विभिन्न, कारणले नाम दर्ता गराउन छुटेका सेवा ग्राहिहरुलाई समावेश गराउने उदेश्यले दर्ता शिविर संचालनमा आएको बागचौर नगरपालिका सल्यानले जनाएको छ ।
सरकारले २०८० साल अर्थात २०२४ सम्ममा जन्म दर्ता सत प्रतिशत पुर्याउने र अरु ब्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तरास्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन बागचौर नगरपालिकामा पनि उक्त शिविर संचालन गरिएको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभाग सेवा इकाइ बागचौर शाखाका प्रमुख धनेश्वर खड्काले बताए ।उनले शिबिरमा ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमका सेवा दिदै आएको बताएका छ्न । नागरिकको ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षा,तिनै तहका सरकारको अभियान मार्फत प्राथमिकता भन्ने मुख्य उधेश्यका साथ नगरका सम्पुर्ण वडा हरुमा बैशाख १६ गते सम्म संचालन गरिने दर्ता शिविरमा सेवाग्राहीको सहभागीता उल्लेखनीय रहेको बागचौर नगरपालिकाका पञ्जिकरण शाखा फिल्ड सहायक बामदेव केसीले बताएका छ्न