सल्यानको दार्मा गाउँपालिकाले सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ।

३० चैत्र २०७७

सल्यानको दार्मा गाउँपालिकाले सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ ।

तीन दिन सम्म संचालन भएको कार्यक्रम बाट श्री जनज्योति माध्यमिक बिधालय फारुलाले सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधी हासिल गर्न सफल भएको छ । १२ स्वर्ण, १० रजत र ४ कास्य सहित जनज्योति माध्यमिक विद्यालयले ह्याट्रिक गर्दै शिल्ड जित्न सफल भएको हो भने ७ स्वर्ण १० रजत र ३ कास्य पदक हात पार्दै राष्ट्रिय माध्यमिक बिधालय दार्मा द्वितीय र ४ स्वर्ण, ३ रजत र ७ कास्य सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडामकोटले तृतीय स्थान हात पार्न सफल भएको बताइएको छ । सूर्योदय माध्यमिक विद्यालय गोठीवनले २ स्वर्ण, ४ रजत र १० स्वर्ण, नव सर्वसाधारण माध्यमिक विद्यालय रातामाटाले २ स्वर्ण र १ रजत र बालकल्याण माध्यमिक विद्यालय भुवनटाकुरीले १ स्वर्ण र ४ कास्य पदक हात पार्न सफल भएका हुन । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई सहिद स्मृति कप, मेडल र प्रमाण पत्र र विद्यालयहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

दार्मा गाउँपालिका, सल्यानको आयोजना र जनज्योति माध्यमिक विद्यालय दार्मा -३, फारुलाचौरको व्यवस्थापनमा सञ्चालित ‘सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बोल्दै दार्मा गाउँलिकाका अध्यक्ष निमबहादुर केसीले,अध्यक्ष कप लगायतका पदसँग जोडेर कप प्रतियोगिता सञ्चालन गर्ने कार्य समान्ति प्रवृत्तिको निरन्तरता भएको भन्दै उनले यस वर्षदेखि सहिदहरूको सम्मान स्वरुप अध्यक्ष कप हटाइ ‘सहिद स्मृति कप’ नामाकरण गरेको बताएका छन् । प्रतियोगितामा दार्मा गाउँपालिका भित्रका विभिन्न ६ वटा माध्यमिक विद्यालयहरूले सहभागिता रहेको थियो । तीनसम्म चलेको प्रतियोगितामा छात्रा तर्फ १४ र छात्र तर्फ १४ गरी विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो । दौडतर्फ २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० रिले र ४×४०० रिले, उफ्रने र फ्याक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटपुट ८ पाउन्ड र भलिबल र कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस